Comments Add Comment

संविधान कार्यान्वयका लागि दलहरु एक हुनुपर्छः खनाल

Jhalanath-Khanal१ मंसिर, इलाम । नेकपा (एमाले) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधान कार्यान्वयनका लागि सबै दल एक हुनुको विकल्प नभएको बताएका छन् ।

बुधबार इलाममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता खनालले एक वर्षभित्र तीनवटा निर्वाचन सम्पन्न गर्नका लागि दलहरु एकजुट हुनुको विकल्प नभएको बताए ।

नेता खनालले निर्वाचन क्षेत्र विशेष कार्यक्रमअन्तर्गत आफ्नो निर्वाचन क्षेत्रमा भएका विकास निर्माणका काम प्रभावकारी र समावेशी ढङ्गले अघि बढिरहेको बताए ।

इलामलाई पर्यटकीय जिल्लाको रूपमा अघि बढाउनुपर्नेमा उनको जोड थियो ।
इलामको पहिचान चियालाई ‘अग्र्यानिक’ अभियानमा लगेर विश्व बजारमा पु¥याउन सकेमा इलामसहित देशकै आर्थिक विकासमा टेवा पुग्ने खनालको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment