Comments Add Comment

पाइलट रतनबहादुरको ‘आकाशको दुनियाँ’

book-ratanbahadurकाठमाडौं । पाइलट रतनबहादुर लामिछानेको ‘आकाशको दुनियाँ’ पुस्तक सार्वजनिक भएको छ ।

पुस्तकको राजधानीमा लोकार्पण गर्दै राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले पुस्तकले नेपाली उड्ययन क्षेत्रको बारेमा नयॉ र रोचक कुरा पस्किएको बताए ।

कार्यक्रममा पाइलट रतनका सानैदेखिका साथी अर्थशास्त्री विश्वम्भर प्याकुरेलले उनीसँग जोडिएका रोचक प्रसंग सुनाउँदै भने, ‘पाइलट भएपछि रतनले हङकङबाट जिन्स प्यान्ट ल्याइदिन्थे । त्यो लगाएर हिँड्दा संसारकै राम्रो मान्छे आफैं भए जस्तो लाग्थ्यो ।’

पुस्तक प्रकाशन संस्था घोष्ट राइटिङ नेपालका अध्यक्ष कमल ढकालले यो पुस्तकले नयाँ खुराक दिने दाबी गर्दै आफूहलरे विभिन्न क्षेत्रका दुई सयभन्दा बढी व्यक्तिहरुको पुस्तक लेखिरहेको जानकारी दिए ।

पाइलट रतनको गत वर्ष अमेरिकामा निधन भएको थियो । कार्यक्रममा गायक आनन्द कार्कीले पाइलट पत्नी सपना देउजाद्वारा रचित गीत गाएर पाइलटलाई श्रद्धान्जलि व्यक्त गर्नुभयो । पुस्तकको सम्पादन पत्रकार उपेन्द्र पोखरेलले गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment