+

रिसाए मेस्सी, पत्रकार सम्मेलन नै बहिस्कार

२०७३ मंसिर  १ गते १६:१३ २०७३ मंसिर १ गते १६:१३
रिसाए मेस्सी, पत्रकार सम्मेलन नै बहिस्कार

arjentina-football-team

१ मंसिर, काठमाडौं । लियोनल मेस्सीको अगुवाईमा अर्जेन्टिनाका फुटबलहरुले पत्रकार सम्मेलन बहिस्कार गरेका छन् ।

बुधबार अर्जेन्टिनाले घरेलु मैदानमा भएको विश्वकप छनौट खेलमा कोलम्बियालाई ३-० ले हराएको छ । जुन खेलमा एक गोल गरेका मेस्सीले दुई गोलका लागि पास मिलाएका थिए ।

तर, मिडिया बहिस्कारको घोषणा गरे । २९ वर्षे कप्तान मेस्सीले भने, ‘हामीमाथि धेरै आरोप लाग्यो । हामीप्रति सम्मानको ठूलो अभाव छ, तर हामीले कहिल्यै केही भनेनौं ।’

लगत्तै मेस्सीसहित २५ सदस्यीय टोली पत्रकार सम्मेलनबाट बाहिरियो ।

साथै लाभाजीले आफ्नाबारे गलत रिपोर्ट बनाउने रेडियोविरुद्ध अदालत जाने बताएका छन् । लाभाजीले ट्रेनिङका क्रममा गाँजा तानेको भन्दै एक रेडियोले रिपोर्ट बजाएको थियो ।

खेलाडीप्रति सम्मान नजनाउनेहरू धेरै नभएपनि आफूहरुमाथि लागेको आरोप व्यक्तिगत जीवनमा निकै गम्भीर भएको मेस्सीेले बताए ।

ब्राजिलसँग ३-० ले पराजित भएपछि अर्जेन्टिनी टोलीको चर्को आलोचना भएको थियो ।

अर्जेन्टिना मेस्सी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय