Comments Add Comment

स्थानीय तहको केन्द्र माग गर्दै संखुवासभाको मामलिङमा प्रदर्शन

7_Pradesh_Map_Final

१ मंसिर, काठमाडौं । जिल्ला पुनर्संरचनाको विषयलाई लिएर संखुवासभाको मामलिङमा स्थानीयवासी हिंसात्मक आन्दोलनमा उत्रिएपछि प्रहरीले हस्तक्षेप गरेको छ ।

जिल्लाको पूनसंरचना गर्दा मामलिङ गाविसलाई स्थानीय तहको केन्द्र बनाउनु पर्ने माग गर्दै स्थानीय गरेको आन्दोलन हिंसात्मक बनेको थियो ।

प्रदर्शनकारीले २ वटा बसमा आगजनी गरेपछि भिडलाई नियन्त्रणमा लिन केही राउण्ड अश्रुँगयास प्रहार गरिएको संखुवासभाका सिडिओ खुमाकान्त आचार्यले अनलाइनखबरलाई जानकारी दिए ।

मामलिङ संखुवासभाको दक्षिणी सिमानामा धनकुटासँग जोडिएको गाविस हो । जिल्लाको पूनर्संरचना गर्दा पूर्वमा रहेको तामाखोप, पश्चिमतर्फ रहेको आँखीभै र मामलिङ गाविसलाई मिलाएर गाउँपालिका बनाउने प्रस्ताव गरिएको थियो । त्यस गाउँपालिकाको केन्द्र मामलिङमा हुनुपर्ने भन्दै स्थानीयले आन्दोलन गरेका हुन् ।

भिडलाई नियन्त्रणमा लिने क्रममा एक जना प्रहरी र करिब आधा दर्जन प्रदर्शनकारी घाइते भएको सिडिओ आचार्यले जानकारी दिए । उनका अनुसार अहिले पनि स्थानीयले तोडफोड र नाराबाजी गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment