Comments Add Comment

बहुराष्ट्रिय कम्पनीसँग उद्योगमन्त्रीले गरे छलफल

२ मंसिर, काठमाडौं । उद्योगमन्त्री नविन्द्रराज जोशीले नेपालमा सञ्चालित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरुसँग छलफल गरेका छन् । मन्त्री जोशीले उद्योग मन्त्रालयमा बिहिबार बहुराष्ट्रिय कम्पनीले नेपालमा उद्योग सञ्चालनका क्रममा भोगेका समस्याका बारेमा छलफल गरेका हुन् ।

Nabindra-Raj-Joshi-1छलफलमा व्यवसायीहरुले नेपालमा श्रममैत्री ऐन नभएकाले थप लगानी गर्न समस्या भएको बताएका थिए । उनीहरुले उद्योग दर्ता र त्यसपछिका प्रक्रियामा सरकारी निकायबीच समन्वय नहुँदा एउटै कामका लागि पटक-पटक धाउनुपर्ने गुनासो गरेका थिए ।

व्यवसायीहरुले उद्योगी व्यवसायीहरुका सम्पूर्ण कानुनी काम सम्पन्न गर्न एकद्धार प्रणाली लागू गर्न पनि सुझाव दिएका थिए । छलफलमा मन्त्री जोशीले उद्योगी व्यवसायीहरुले भोगेका समस्या समाधानका लागि सरकार तयार रहेको जानकारी दिए ।

मन्त्री जोशीले नेपालमा रोजगारीको सिर्जना गरिरहेका बहुराष्ट्रिय कम्पनीलाई सरकारले दिनसक्ने सहुलियतका बारेमा अर्थ मन्त्रालयसँग छलफल जारी रहेको पनि बताए ।

उद्योग मन्त्रालयले पहिलो पटक नेपालमा सञ्चालित विभिन्न बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग छलफल गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment