Comments Add Comment

दार्जीलिङ र खर्साङमा नेपाली भरियाको भाऊ बढ्यो !

मधेसका भरियाले स्थानीयको रोजगारी खोसेको गुनासो

porter-at-darjeeling
३ मंसिर, काठमाडौं । दार्जीलिङ पहाडका भारतीय नागरिकहरु निकै नै सौखिन छन् । उनीहरु १० किलोको सामान पनि आफैं बोक्दैनन् र भरियालाई बोकाएर घरसम्म पुर्‍याउने गर्छन् । र, त्यसरी सामान बोक्नेमा अक्सर नेपालीहरु भेटिन्छन् ।

तर, अचेल दार्जीलिङ पहाडमा नेपालबाट जाने भरियाहरु पातलिन थालेको र फेला परेका भरियाले पनि सस्तोमा सामान बोक्न छाडेको भन्दै दार्जीलिङ र खर्साङमा चिन्ता बढेको छ ।

नेपालको इलामदेखि दोलखासम्मका मानिसहरु दार्जीलिङ र सिक्किमको गान्तोकसम्म भरिया काम गर्न जाने गर्छन् । गान्तोकमा उनीहरुलाई ‘नाम्ले’ भन्ने चलन छ ।

स्थानीयवासीहरुका अनुसार नेपालबाट अचेल दार्जीलिङ, खर्साङमा भरियाहरु कमै जान थालेका छन् । उसै पनि दसैं र तिहारमा भरियाहरु चाडबाड मनाउन नेपाल फर्किएकाले भरियाको कमी भएको बताइन्छ । तर, नेपालीहरु त्यहाँ भारी बोक्न जानुको साटो अरबतिर रोजगारी गर्न जाने क्रम बढेकाले पनि भरियाहरु पाइन छाडेको भारतीयहरुको आँकलन छ ।

त्यसो त भारतको यो पहाडी वस्तीमा स्थानीय भरियाहरुले चाँहि मधेसबाट पहाडमा भारी बोक्न आउनेहरुले आफ्नो रोजीरोटी खोसेको गुनासो समेत गरेका छन् ।

भारतबाट प्रकाशित हुने हिमालय दर्पणले शुक्रबारको अंकमा नेपाली भरियासम्बन्धी रोचक समाचार यसरी छापेको छ-

nepali-porter-news-in-darjeeling

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment