Comments Add Comment

मृत्यु भएको २७ वर्षपछि अन्त्येष्टि

marcos४ मंसिर, काठमाडौं । फिलिपिन्सका पूर्वराष्ट्रपति फर्डिनान्ड मार्कोसमको निधन भएको २७ वर्षपछि अन्त्यष्टि गरिएको छ ।

सन् १९८६ मा अपदस्थ भएका उनी निर्वासनमा गएका थिए । सन् १९८० मा अमेरिकामा मार्कोसको निधन भएको थियो । मृत्यु भएपछि उनको शव गृह नगर बटेकमा सुरक्षित राखिएको थियो ।

मार्कोसको शव समाधिबारे सर्वोच्च अदातलको फैसला गरेको थियो । सर्वोच्च अदालतले शव समाधिमा लान अनुमति दिएको थियो ।

मार्कोसलाई सम्मान दिने विषयमा तिव्र विरोध भएको थियो । मार्कोसमाथि हजारौंका हत्या, अपहरणको लागि जिम्मेवार रहेको आरोप लगाउँदै प्रदर्शन भएको थियो ।

पूर्व राष्ट्रपति, कलाकार तथा राष्ट्रिय योद्धाहरुलाई समाधिगर्ने ठाउँमा गर्न नहुने भन्दै विरोध हुँदै आएको थियो ।

यसअघि फिलिपिन्सको सर्वोच्च अदालतले मार्केसको शवलाई सम्मानपूर्वक कुनै पवित्रस्थलमा अन्त्येष्टि गर्न सकिने आदेश जारी गरेको थियो ।

मार्कोसको शवलाई कडा सुरक्षाबीच राजकीय सम्मानका साथ अन्त्येष्टि स्थल पु¥याइएको, अन्त्यष्टि समारोहमा उनीकी विधाव पत्नी इमेल्डा मार्कोस र छोराहरु परम्परागत कालो पोसाकमा उपस्थित भएका र फिलिपिनी सेनाले मार्कोसलाई २१ तोपको सलामी दिएको जनाइएको छ ।

marcos2लामो समय शासन गरेका मार्केसले फिलिपिन्समा सन् १९७२ मा सैनिक कानून लागू भएको घोषणा गरी कठोर शासन व्यवस्था सञ्चालन गरेका थिए । जनस्तरमा व्यापक विरोधभएपछि सेनाको समर्थनमा २० वर्ष शासन गरेका मार्कोसलाई सन् १९८६ मा अपदस्थ गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment