Comments Add Comment

डिभोर्सका लागि अदालत पुगे मलाइका र अरवाज

malaika and arbaj patchup
यो बर्षको अर्को चर्चित घटना हो, बलिउडका सफल जोडी मलाइका अरोरा खान र अरवाज खानको डिभोर्स । यो बर्षको सुरुवातदेखि नै यो जोडी अलग हुन लागेको समाचार सार्वजनिक भैरहेको थियो ।
खबर सार्वजनिक भएपछि यो जोडीले संयुक्त रुपमा विज्ञप्ती निकाल्दै आफूहरु अलग हुन लागेको स्विकार गरेका थिए । अब, यो जोडी डिभोर्सका लागि अदालत पनि पुगेको छ ।

बान्द्रास्थित फेमिली कोर्टमा यी दुइले आफ्ना वकिललाई भेटेका छन् । यी दुइले डिभोर्सको उजुरी पनि दर्ता गरेका छन् । अदालतसम्म केस नपुगेकाले पनि यो जोडी अलग हुदैन भन्ने अड्कल काटिएको थियो । तर, अब अदालत पुगेर उजुरी दर्ता गरेपछि मलाइका र अरवाज अलग हुने पक्का जस्तै भएको छ ।

छोराको जन्मदिनको पार्टीमा अरवाज र मलाइका एकसाथ देखिएका थिए । मलाइका र अरवाजको परिवारले यी दुइलाई एक बनाउनका लागि ठूलै कोशिश पनि गरेका थिए । तर यो कोशिश अन्तत काम लागेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment