Comments Add Comment

एनआरएन नर्थ क्यारोलिनाको टाउन हल बैठक सम्पन्न

nrn-town-hall-meetingगत नोवेम्बर १२ तारिख नर्थ क्यारोलिना को मोरिसभिलमा एनआरएन नर्थ क्यारोलिनाको टाउन हल बैठक सम्पन्न भएको छ ।

कार्यक्रमको अध्यक्षता एनआरएन नर्थ क्यारोलिना का सभापति रेवती राज अधिकारीले गरेका थिए भने प्रमुख अतिथि एनआरएन युएसए का वरिष्ठ उपाध्यक्ष कृष्ण पोखेरेलले गरेका थिए ।

त्यहाँ उपस्थित समाजका अगुवा तथा बिद्धवत वर्गहरुसंग सौहार्दता ,कार्यगत एकता ,समय समयमा पुनर्तार्जगी सभा सम्मेलन हुनु पर्ने कुरामा जोड दिएका थिए  । उक्त कार्यक्रममा उपस्थित  डा हरिहर भट्टराईले संस्थाले सधै नेपलीहरुको हक हित को लागि स्वदेश तथा बिदेशका सरकारी निकाय सँग कार्यगत एकता गर्नु पर्नेमा जोड दिएका थिए ।

यस्तै संस्थाका अध्यक्ष डा सुष्मा प्रधानले एन आर एन को गति बिधि सृजनात्मक तथा जन्मुखिहुनु पर्ने कुरामा जोड दिएका थिए  । सो कार्यक्रममा जन सम्पर्क समिति नर्थ क्यारोलिनाका सभापति डा चिरंजिंवी भट्टराईले  संस्था पवित्र भावले सिर्जना भएकोले क्रियाकलाब पनि पवित्र एवं जन्कृतित हुनु पर्ने कुरामा जोड दिएका थिए ।

यसै गरि नगेन्द्र नाथ न्यौपाने तथा डा ठाकुर कार्कीले एनआरएन लाई जहिले पनि उच्च र मर्यादित बनाउन पहल गर्नु पर्ने कुरामा जोड दिएका थिए l । सो सभामा संस्था अध्यक्ष र उपाध्यक्ष लोकेन्द्र बहादुर चन्द्रले भावी क्रियाकलाब ,सदस्यता बढाउने ,टाउन हल बनाउने र रचनात्मक कार्यमा लागि रहने प्रतिबद्धता जाहेर गरेका थिए  ।

श्रोताहरुको प्रश्नको जवाफ एनआरएन अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्ण पोख्रेलले थानीय संस्था र एनआरएन को फरक बारेमा बताएका थिए l सो कार्यक्रम समाज सेवी रबिन्द्र कार्की ,राम कृष्ण वाग्ले ,राजन पौडेल ,मोहन बराल ,(जसस पूर्व अध्यक्ष ) ,मदन पहाडीले पनि संस्थाको हितमा भाव व्यक्त गरेका थिए  ।

एनआरएन नर्थ क्यारोलिनाका महासचिब डा खडक मान श्रेष्ठ र सदस्य राम कृष्ण चौलागाई ,सीता बराल को पनि उपस्थिति रहेको थियो भने एनआरएन युएसए का महिला कोअर्डिनेटर राधा पौडेल र बोर्ड अफ डिरेक्टर गोविन्द श्रेष्ठले  शुभ कामना संदेश पठाएका थिए l

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment