Comments Add Comment

१० प्रदेश हुँदैन, सुदूरपश्चिम एक प्रदेश नै रहन्छ: देउवा

'धेरै विषयमा सहमति भइसक्यो, संविधान संशोधन हुन्छ'

Sher Bahadur Deuba

५ मंसिर, कञ्चनपुर । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनका धेरै विषयमा दलहरुबीच सहमति भइसकेको बताएका छन् । नेपाल प्रेस युनियन कञ्चनपुर शाखाले आइतबार बिहान भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सभापति देउवाले छिट्टै संविधान संशोधन हुने र स्थानीय तहको चुनाव हुने बताए ।

‘चैतभित्रै स्थानीय तहको निर्वाचन हुन्छ,’ सभापति देउवाले भने ।

सङ्घीय संरचनामा १० प्रदेश हुन नसक्ने उनले स्पष्ट पारे । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले १० प्रदेश हुनुपर्ने अभिव्यक्ति दिएको भोलिपल्टै सत्ता साझेदार कांग्रेसका सभापति देउवाले त्यसलाई अस्वीकार गरेका हुन् ।

उनले कैलाली–कञ्चनपुरसहितको सुदूरपश्चिम एक प्रदेश नै रहने बताए ।

 मिडियाले अङ्गीकृतलाई कार्यकारी पद दिने हल्ला चलाएको भन्दै त्यसमा सत्यता नभएको स्पष्ट पारे ।

पार्टीभित्र भागबन्डाको राजनीति बढेको विषयमा पत्रकारहरुले राखेको जिज्ञासामा सभापति देउवाले सबैलाई मिलाएर लैजानुलाई भागबन्डा भन्न नमिल्ने तर्क गरे । पार्टी पदाधिकारी चयन र विभागले चाँडै पूर्णता पाउने पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment