Comments Add Comment

नेपाल फेष्टिभलको विशेष स्मारिका प्रकाशित हुँदै

सिड्नी । हरेक दुई वर्षमा अष्ट्रेलियामा आयोजना हुने नेपाली फेष्टिबलको तयारी अन्तिम चरणमा पुगेको आयोजकहरुले बताएका छन् ।

smarika-1गैरआवासिय नेपाली संघ अष्ट्रेलियाका उपाध्यक्ष तथा नेपाल फेष्टिवल सिड्नीका संयोजक दिनेश पोखरेलका अनुसार सबै समिति र उपसमितिहरु आ–आफ्नो जिम्मेवारीको काम सफल बनाउने तयारीमा अहोरात्र खटेका छन् ।

करिब पचार हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको यो फेष्टिभल छैठौं हो । अष्ट्रेलियामा सन् २००६ देखि यो कार्यक्रम हुँदै आएको छ ।

यसपटकको फेस्टिभलमा अन्य धेरै आकर्षणसँगै फेस्टिभल स्मारिका पनि महत्वपूर्ण हुनेछ ।

प्रचार प्रसारका दर्जनौं उपायमध्ये अष्ट्रेलियामा क्रियाशिल सबै पत्रकार सम्मिलित समितले प्रकाशन गर्न लागेको यो स्मारिकामा नेपालको पर्यटन प्रवद्र्धन सम्बन्धि महत्वपूर्ण रचना एवं फोटोहरु प्रकाशन गरिएको छ ।

स्मारिकाका सम्पादक एवं पत्रकार हेमन्त काफ्लेले यो प्रकाशनमा नेपाल फेष्टिभलसहित नेपालका पर्यटकीय महत्वका ठाउँहरुबारे महत्वपूर्ण जानकारी राखिएको जानकारी दिए । पोखरादेखि रारासम्म, सगरमाथादेखि लुम्बिनीसम्म र चितवन राष्ट्रिय निकुञ्जसम्मा फोटो र सामाग्री यसमा समावेश गरिएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment