Comments Add Comment

दिपावली कप फुटबलको उपाधिमा सुजुरन ब्वाइजको हृयाट्रिक

dipawali-cup-spain

बार्सिलोना । स्पेनमा सम्पन्न दिपावली कप फुटबलको उपाधि लगातार तेस्रो पटक जितेर सुजुरन ब्वाइजले उपाधिमा हृयाट्रिक गरेको छ ।

आइतबार बार्सिलोनामा सम्पन्न फाइनलमा नेपाली जनसम्पर्क समिति स्पेनलाई ४-३ को गोल अन्तरले पराजित गर्दै सुजुरन ब्वाइजले उपाधि रक्षा गरेको हो । उपाधिसँगै उसले ४०१ युरो पुरस्कार पाएको छ भने उपबिजेता नेपाली जनसम्पर्क समितिले २५१ युरोमा चित्त बुझाएको छ ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनले आयोजना गरेको प्रतियोगितामा सुजुरन ब्याइज, नेपाली जनसम्पर्क समिति, स्याङ्जा सहयोग समाज, गोर्खाज, मोना स्पेन, कास्की सेवा समाज र आयोजक एनआरएन स्पेनको टिमले भाग लिएका थिए ।

प्रतियोगितामा ७ गोल गरेका सुजुरन ब्वाइजका सागर क्षेत्री उत्कृष्ट खेलाडी घोषित भए । यस्तै प्रतियोगितामा बालबालिका र महिलाहरुको समेत छुट्टाछुट्टै टिम बनाई मैत्रीपूर्ण खेल खेलाइएको थियो ।

dipawali-cup-spain-1

गैरआबासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका सचिव अर्जुन कुमार श्रेष्ठले प्रतियोगिताको उदघाटन गरेका थिए । प्रमुख अतिथिको रुपमा बोल्दै केन्द्रीय सचिव श्रेष्ठले फुटबलको देश भनेर चिनिने स्पेनमा महिला, बालबालिकालाई समेत समेटेर सबैलाई प्रेरेणा र हौसला मिल्ने गरी नेपाली समुदायमाझ प्रतियोगिता सम्पन्न भएकोमा खुसी ब्यक्त गरे ।

राष्ट्रिय समन्वय परिषद स्पेनका अध्यक्ष मुक्त बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न उदघाटन समारोहमा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य एकराज गिरी लगायत स्पेन स्थित संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।

एनआरएन स्पेनका सचिव तथा प्रतियोगिता संयोजक सुनिल रानाभाटले कार्यक्रम सफल पार्न सहयोग पुर्‍याउने स्पेनस्थित नेपाली समुदायप्रति आभार प्रकट गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment