+
+
Shares

टी टकः मलाई त जेन्टल खालको यूवा मनपर्छः जमुना राई

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर ७ गते १०:५५

jamuna
चारसय बढी लोक दोहोरी गीतमा स्वर दिएकी छिन् गायिका जमुना रानाले । आफ्ना केहि गीतमा मोडलिङ समेत गरेकी जमुना गायनमै रमाउने सोचमा छिन् । अग्लो कदको सामान्य पुरुष मन पर्ने मान्यता राख्ने जमुनासँग अनलाइनखबरले गरेको टी-टकः

बिहान कति बजे उठ्नु हुन्छ ?
७ बजे उठिसक्छु ।

ब्रेकफाष्टमा के खानुहुन्छ ?
यहि भन्ने छैन । जहाँ पुग्दा जे भेटिन्छ त्यहि खान्छु । उठेपछि दुई गिलास पानी भने सधै खान्छु ।

कतिबजे घरवाट बाहिरिनुहुन्छ ?
अनामनगरमा सुजन म्युजिक भन्ने अफिस छ । काठमाडौं भएको बेला १० बजेतीर अफिस पुगिसक्छु ।

के काम गर्छ तपाइको अफिसले ?
लोक संगीतलाई ब्यबस्थित गर्ने काम गर्छ । कसैले एल्बम निकाल्न पर्‍यो वा भिडियो बनाइदिनु पर्‍यो भन्यो भने त्यो पनि काम गर्छ ।

गाउनु मात्रै हुन्छ कि मोडलिङ पनि ?
आफ्नो गीतमा कहिलेकाही मोडलिङ गर्छु । तर, धेरै गरेको छैन । तीन चार वटामा गरेँ होला । गाउनुमै मज्जा छ ।

तपाइले नमस्कार गर्नुपर्ने र तपाईलाई नमस्कार गर्ने को धेरै होला ?
मैले नमस्कार गर्नुपर्ने नै धेरै हुनुहुन्छ । मलाई नमस्कार गर्ने त धेरै छैनन् ।

इन्टरनेट कत्तिको चलाउनुहुन्छ ?
ठिकै । अफिसमा भएको बेला काम भएन भने डाटावाट चलाउँछु ।

अहिलेसम्म कतिलाई ब्लक गर्नु भयो ?
सुरुमा फेशबुक चलाउँदा नजानेर जसलाइ पनि साथी बनाएँ । त्यसपछि केहि समय फेशबुक चलाइन । अहिले सिमितलाई मात्रै साथी बनाएकी छु । त्यस्तो अनप|mेण्ड नै गर्नुपर्ने कोहि छैनन् ।

आफ्नो स्टाटसमा कस्तो कमेन्ट आउँदा रमाईलो लाग्छ ?
गीत सुनेर कमेन्ट गर्नेहरु देख्दा रमाईलो लाग्छ । अझ राम्रो गर्दै जानु प्रगति होस् भनेको सुन्दा रमाईलो लाग्छ ।

तपाईलाई सबैभन्दा मन पर्ने गायक को हो ?
मलाई सबै गायक गायिका मन पर्छ । तर, सबै भन्दा धेरै खुमन अधिकारीसँग गाएकी छु ।

कस्तो पुरुष मनपर्छ ?
जेन्टल खालको मान्छे मनपर्छ । अलि अग्लो खालको पुरुष मनपर्छ ।

तपाइलाई मन पराउने कस्ता आए ?
धेरै आउनु भयो ।

दिनमा कति खर्च हुन्छ ?
ठ्याक्कै त भन्न सक्दिन । कहिले हजार पनि हुन्न । साथीभाई भेटेर खाजा खाँदा पाँच हजार पनि हुन्छ ।

बाटोमा हिंड्दा जिस्क्याउनेहरु छन् कि छैनन् ?
बाटोमा हिँड्दा त कसैले जिस्क्याउँदैनन् तर, स्टेज प्रस्तुति दिँदा जिस्क्याउँछन्, दर्शकले जिस्क्याउँदा रमाईलै लाग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?