+
+

जोन र सोनाक्षीको ‘फोर्स २’ सफल कि असफल ?

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर ७ गते १२:२३

sonaxi-and-john
भारतमा ५ सय र १ हजारको नोटमाथि प्रतिवन्ध लागेपछि यसले बलिउडमा पनि असर गरिरहेको छ । गत साता रिलिज भएको चलचित्र ‘रक अन २’ असफल हुनुको पछाडि नोटमाथिको प्रतिवन्ध पनि एक कारण भएको विश्लेषण गरिएको छ ।

अझै पनि भारतीयहरु एटीएमको लाइनमा नै छन् । जसले, बलिउडमा केहि हप्ता चलचित्रको व्यापार खस्कने धेरेको अनुमान थियो । तर, शुक्रबारबाट रिलिज भएको चलचित्र ‘फोर्स २’को व्यापारले भने यसलाई केहि हदसम्म गलत सावित गरेको छ । जोन अब्राहिम र सोनाक्षी सिन्हा अभिनित चलचित्रले ३ दिनमा २० करोडको कमाई गरेको छ ।

एक्सन-थ्रीलर कथामा तयार भएको यो चलचित्रले गरेको व्यापारलाई विश्लेषकहरुले राम्रो भनेका छन् । पहिलो दिन ६.०५ करोडको व्यापार गरेको चलचित्रले शनिबार ६.५० को व्यापार गर्‍यो । आइतबार चलचित्रको व्यापार ७.५० करोड छ । जबकी, ‘रक अन २’ले ३ दिनमा ७ करोड कमाएको थियो ।

आउँदो हप्ता साहरुख खान र आलिया भट्टको मुख्य भूमिका रहेको चलचित्र ‘डीयर जिन्दगी’ रिलिज हुँदैछ । यो चलचित्रको व्यापारमाथि पनि धेरैको आँखा लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?