७ मंसिर, काठमाडौं । स्वास्थ्यमन्त्री गगन थापाले आफ्नो पहिलो महिनाको तलव कान्ति बाल अस्पतालको अंकोलोजी फण्ड (क्यान्सर उपचार कोष) मा जम्मा गरेका छन् ।
उनले कान्ति बाल अस्पताल निरीक्षणका क्रममा आफ्नो पहिलो महिनाको तलव कान्ति बाल अस्पताललाई दिने घोषण गरे अनुरुप करिब ४६ हजार रुपैयाँ अस्पताललाई बुझाएका हुन् ।
उक्त रकम मन्त्री थापाले सोमबार अस्पताललाई हस्तान्तरण गरेको मन्त्री सचिवालयले जनाएको छ । मन्त्रीले दिने प्रतिबद्धता वरेको रकम कान्ति बाल अस्पतालको अंकोलोजी फण्डमा जम्मा भइसकेको निर्देशक डा. अजित रायमाझीले पुष्टि गरे ।
मन्त्री थापाले मन्त्री भएलगत्तै कान्ति अस्पतालको निरीक्षण गर्दै रकम अभावमा कुनैपनि बालबालिकाले गुणस्तरीय सेवाबाट बञ्चित हुन नपरोस् भन्दै अस्पतालले क्यान्सर पीडित बालबालिकाको सहयोगार्थ स्थापना गरेको अंकोलोजी फण्डमा आफुले सकेको रकम सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
प्रतिक्रिया 4