७ मंसिर, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले आसन्न चाैथो महिला साफ च्याम्पियनसीपका लागि ७२ मध्येबाट ४२ महिला खेलाडीको छनौट गरेको छ ।
प्रमुख प्रशिक्षक कुमार थापा, राष्ट्रिय टोलीका टेक्निकल एनालिष्ट चियाकी ताकेदा, एन्फा प्रशिक्षक सुनिल श्रेष्ठ, मृगेन्द्र मिश्र र अस्मिता खवासको टोलीले प्रारम्भिक छनौटमा परेका ७२ मध्येबाट ४२ खेलाडी छनौट गरेका थिए ।
एन्फाले छिट्टै ४२ बाट घटाएर ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाउने जनाएको छ ।
आगामी डिसेम्बर २६ देखि भारतमा हुने प्रतियोगितामा नेपाल श्रीलंका, माल्दिभ्स र भुटानसँगै समूह ए मा परेको छ । समूहको पहिलो खेलमा नेपालले भुटानसँग डिसेम्बर २६, माल्दिभ्ससँग डिसेम्बर २८ र श्रीलंकासँग डिसेम्बर ३० मा प्रतिस्पर्धा गर्नेछ । नेपाल साफ च्याम्पियनसीपको साविक उपबिजेता हो ।
प्रतिक्रिया 4