Comments Add Comment

केपी ओलीले भने- म प्रचण्डलाई एक्लै भेट्दिँन

प्रचण्ड नेतृत्वको सरकारले सिन्कोसम्म नभाँचेको आरोप

KP Oli

९ मंसिर, काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले आफूले एक्लै प्रधानमन्त्री प्रचण्डसँग भेट नगर्ने बताएका छन् । एक्लै भेटेपछि प्रचण्डले गलत प्रचार गर्ने गरेकाले आफूले साथीसँग मिलेर मात्रै भेट गर्ने बताएका छन् ।

युवा विद्यार्थीले आयोजना गरेको अन्तरक्रियामा बोल्ने क्रममा घडी हेर्दै ओलीले भने- ‘पाँच बजिसकेछ, पाँच बजेपछि प्रधानमन्त्रीसँग भेट्ने कार्यक्रम छ, अब यताबाट सीधै भेट्न जान्छु, तर उहाँलाई एक्लै भेट्दिँन ।’

उनले थपे-‘एक्लै भेटेपछि उहाँले बाहिर निस्कनासाथ अनेक थोक भनिदिनुहुन्छ, त्यसैले उहाँलाई भनेको छु, एक्लै भेट्दिँन, साथीसँग मात्रै भेट्छु ।’

पूर्वप्रधानमन्त्री ओली कार्यक्रममा निकै आक्रामक रुपमा प्रस्तुत भएका थिए । सरकारले निर्वाचनको तयारीका लागि सिन्कोसमेत नभाँचेको आरोप लगाए । निर्वाचन कानून निर्माण गर्नुपर्नेमा सरकारले केही पनि काम नगरेको उनले आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment