Comments Add Comment

‘पुरानो डुङ्गा’को सुखद सुरुवात

purano-dhunga-8
शुक्रबार नयाँ चलचित्र रिलिज हुने क्रममा आजबाट २ नेपाली चलचित्र रिलिज भएका छन् । आजबाट रामबाबु गुरुङको निर्देशनमा तयार भएको चलचित्र ‘पुरानो डुङ्गा’ रिलिज भएको छ । यो चलचित्रको ‘नीर जहिले रिसाउने’ बोलको गीत निकै चर्चामा थियो ।

दयाहाङ राई , प्रियंका कार्की, माओत्से गुरुङ, मेनुका प्रधान लगायतका कलाकारले अभिनय गरेको यो चलचित्रले बिहानी शोमा सुखद सुरुवात गरेको छ । काठमाण्डौको गोपिकृष्ण हलमा बिहानी शोमा ५ वटा हल हाउसफूल भएको जानकारी प्राप्त भएको छ । मल्टिप्लेक्समा पनि चलचित्रको वुकिङ राम्रो छ ।

आजदेखि नै अर्को नेपाली चलचित्र ‘मेन्टल’ पनि रिलिज भएको छ । आजैबाट बलिउड चलचित्र ‘डीयर जिन्दगी’ पनि रिलिज भएको छ । आलिया भट्टको मुख्य भूमिका रहेको यो चलचित्रमा नायक साहरुख खान विशेष भूमिकामा छन् ।

गौरी सिन्धेको निर्देशनमा तयार भएको यो चलचित्रले समिक्षा निकै राम्रो पाएको छ । नेपाली बक्स अफिसमा भने ‘पुरानो डुङ्गा’ हाबी हुने संकेत देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment