११ मंसिर, नवलपरासी । नवलपरासीका दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ ।
नवलपरासीको रजहर र परासीमा गरी दुई स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको हो भने दुई जना घाइते भएका छन् । नवलपरासीको रजहरमा शनिबार बिहान बसले मोटरसाईकललाई ठक्कर दिदा एक जनाको ज्यान गएको छ ।
इलाका प्रहरी कार्यालय रजहरले दिएको जानकारी अनुसार पूर्व पश्चिम राजमार्ग अन्तरगत रजहर ६ फारममा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ४ ख ६३ २९ नम्बरको बसले बिपरित दिशाबाट आउदै गरेको ना ३४ प ३० ०१ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकलका चालक नवलपरासी गैडाकोट ६ अमरापुरी बस्ने वर्ष २६ का सलिन राना मगरको मृत्यु भएको हो ।
दुर्घटनामा परी मोटरसाईकलमा सवार देवचुली १ बस्ने वर्ष १८ कि सजिना गुरुङ घाईते भएकी छन । घाईते गुरुङको भरतपुरमा उपचार भईरहेको र ठक्कर दिने बसका चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
नवलपरासीको रामग्राम ६ रामखण्ड पुलमा मोटरसाईकल अनिन्त्रित भई पुल मुनि खस्दा एक जनाको मृत्यु भएको छ । एक जना घाईते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीले दिएको जानकारी अनुसार परासी बाट भैरहवा तर्फ जादै गरको लु ४ प ४३ २२ नम्बरको मोटरसाईकल पुल मुनि खस्दा मोटरसाईकल चालक मनहरी ६ बस्ने बर्ष १९ का ईन्तास मिया को मृत्यु भएको हो । मियाको उपचारको क्रममा जिल्ला पृथ्वि चन्द्र अस्पताल परासीमा शुक्रबारराति ज्यान गएको हो ।
दुर्घटनमा परी मोटरसाईकलमा सवार निजकि आमा बर्ष ३६ कि तहरुन निसा घाईते भएकी छन । घाईतेको जिल्ला अस्पतालमा सामान्य उपचार पछि भैरहवा पठाइएको प्रहरीले जनाएको छ ।