+
+
Shares

एमबीबीएस अध्ययन शूल्क ३८ लाख नै कायम

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर ११ गते १५:२१

११ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानले एमबीबीएस अध्ययनका लागि पुरानै शुल्क तय गरेको छ ।

institute-of-medicineआईओएमले सूचना जारी गरेर माथेमा आयोगको प्रतिवेदन अनुसार गत वर्ष तय गरिएको शूल्कलाई नै कायम गरेको बताएको छ ।

जस अनुसार महाराजगञ्ज चिकित्सा क्याम्पस र उपत्यकाका अन्य क्याम्पसमा एमबीबीएस अध्ययन गर्न ३५ लाख लाग्नेछ । उपत्यका बाहिरका लागि ३८ लाख ५० हजार तोकिएको छ ।

बीडीएसका लागि १७ लाख ५६ हजार ९२० शुल्क तोकिएको छ । यो गत वर्षकै शुल्क हो ।

यो रकम तीन किस्तामा बुझाउनु पर्नेछ । पहिलो किस्ता ५० प्रतिशतको हुनेछ भने बाँकी दुई किस्ता २५/२५ प्रतिशत हुनेछ ।

साथै सरकारबाट अर्को निर्णय भएमा भने त्यस आधारमा निर्णय लिइने आईओएमले जनाएको छ ।

गत वर्षको शूल्क कायम गर्नु पर्ने लगायतका माग राखेर डा. गोविन्द केसी १३ दिनदेखि आमरण अनसनमा छन् । सरकारले शनिबार मात्र वार्ता टोली समेत बनाएको छ ।

शुल्क पुनराबलोकन समितिले भने सिट संख्याका आधारमा ३२ देखि ५८ लाखसम्मको शुल्क सिफारिस गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?