+
+
Shares

फेवातालमा फसेका २ जनाको उद्धार

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २७ गते १९:५९

२७ वैशाख, काठमाडौं । पोखराको फेवातालमा फसेका दुई जनाको सकुशल उद्धार गरिएको छ ।

शनिबार दिउँसो पौने पाँच बजेको समयमा लेकसाइडस्थित फेवातालमा अचानक आएको हावाहुरीका कारण छालमा फसेका २ जनाको सशस्त्र प्रहरीको टोलीले सकुशल उद्धार गरेको हो ।

काठको डुङ्गामा बोटिङ्ग गरि रहेको अवस्थामा छालका कारण अलपत्र परेका कास्कीको अन्नपुर्ण गाँउपालिका–३ बस्ने ४८ वर्षीय लक्ष्मण गुरुङ्ग र विजय गुरुङ्गको उद्धार गरिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट फेवाताल रेस्क्यू टावरमा खटिएको विपद् ब्यबस्थापन टोलीले मोटर बोटको सहयोगमा सकुशल उद्धार गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

हावाहुरीको मौसम भएकाले विशेषगरी साँझको समयमा बोटिङ गर्दा सावधानी अपनाउन सशस्त्र प्रहरीले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?