Comments Add Comment

साना लगानीकर्ता आत्तिए, ६४ अंकले घट्यो सेयरबजार

down-share-market
१२ मंसिर, काठमाडौं । नेप्से परिसूचक दिनदिनै ओरालो लाग्न थालेपछि सेयरबजारका साना लगानीकर्ता हतारमा सेयर बेच्न थालेका छन् । जसले गर्दा सेयर बजार झनै दिनदिनै ओरालो लागेेको छ ।

आइतबार नेप्से परिसूचक ६४.५५ अंकले तल ओर्लिएको छ । त्यस्तै ‘क’ बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स पनि १४.३२ अंकले तल झरेको छ ।

सेयर बिश्लेषकहरु नेप्सेको बियरिस ट्रेन्डले साना लगानीकर्तामा निराशा थपेको बताउँछन् । बिश्लेषक छोटेलाल रौनियार साना लगानीकर्ताहरु अहिले सेयर बेच्दै बैंकमा पैसा राख्न लागेको बताउँछन् ।

nepse-12बजारमा तरलता घट्दै गएपछि अहिले बैंकहरुले निक्षेपको ब्याजदर बढाएका छन् । जसका कारण साना लगानीकर्ताहरुले अहिले सेयर बेच्दै बैंकमा पैसा राख्न थालेका छन् । गत वर्षको नाफाबाट बैंक तथा वित्तिय सस्थाले जारी गर्नुपर्ने बोनसको घोषणा भइसकेको छ ।

त्यस्तै हकप्रद सेयर पनि अधिकांश बैंक तथा वित्तीय सस्थाले घोषणा गरेका छन् । बोनस सेयरका कारण बजारमा सेयरको सप्लाई पनि बढेको छ । त्यस्तै बैंकको ब्याजदर बढेपछि सेयर बेच्ने साना लगानीकर्ताहरु पनि बढेका छन् । जसका कारण सप्लाई बढी भएको छ, तर मागमा बृद्धि हुन सकेको छैन । जसले नै बजारलाई बियरीस ट्रेन्डमा धकेलेको रौनियार बताउँछन् ।

अहिले राजनितीक दलहरुमा पनि सीमांकन र संबिधान संसोधनको विबाद चर्केको छ । जसले पनि लगानीकर्तालाई निराश बनाएको इन्भेष्टमेन्ट फोरमका अध्यक्ष आत्मराम घिमीरे बताउँछन् ।

उनले भने ‘राजनीतिक अस्थिरता छ, जसले लगानीकर्तालाई निराश बनाएको छ । निराशाका कारण पनि एकैदिन ६४ अंक घटेको हो ।’

आइतबार सेयरबजारका सबै परिसूचक घटेका छन् । बिमा समुह एकैदिन ५ सय ६२ अंकले तल ओर्लिएको छ ।

केहि महिनाअघि १८ सय अंकमाथि रहेको नेप्से अहिले १४ सय अंकमा ओर्लिसकेको छ । नेपाल स्टक एक्सचेन्जकाअनुसार आइतबार १ सय २८ कम्पनीको १४ लाख ७५ हजार ९७ कित्ता सेयर ६ हजार ३ सय ८२ पटक किनबेच हँुदा ९६ करोड ४५ लाख ६४ हजार रुपैयाँको कारोबार भएको थियो ।

nepse-12-2
१ अर्ब नाघेर झन्डै २ अर्बको हाराहारीमा पुगेको सेयरबजारमा अहिले ९६ करोडको मात्रै कारोबारमा सिमित भएको छ ।

बजार निर्माता भित्राउने काम कागजमै सिमित रहेको छ भने उपत्यका बाहिर ब्रोकर बिस्तार गर्ने काम पनि अघि बढ्न सकेको छैन । सेयर बढ्दै जादा यसको बजार भने बिस्तार गर्न सकिएको छैन । जसका कारण पनि बजार नियमित ओरालोतर्फ धकेलिएको बिश्लेषकहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment