Comments Add Comment

‘आजको डायरी’मा अर्जुन पोखरेलः ‘प्रेमगीत २’ र ‘म यस्तो गीत गाउँछु’को मिक्सिङमा व्यस्त

arjoon-pokheral
म बिहान सधै नै ६ बजे उठ्छु । बिहान उठेर फ्रेस भएपछि सिधै पुतलीसडकमा रहेको मेरो संगीत विद्यालय अनुरागमा पुगेँ । त्यहाँ करिब डेढ घन्टा संगीत पढाएँ । ८ बजेपछि सामान्य नास्ता गरेर एउटा गीतको एरेन्जमा बसेँ । एउटा गीत एरेन्ज गर्दा करिब ५-६ घन्टा लाग्छ । गीतको एरेन्ज सकेर म घरमा खाना खान आएँ । करिब १ बजेतिर खाना खाएर फेरि अनुराग नै पुगेँ ।

अर्को, एउटा गीतको कम्पोज गर्नु थियो । कम्पोजका लागि पनि त्यस्तै २-३ घन्टा त लागिहाल्छ । एउटा गीतको एरेन्ज अनि अर्को गीतको कम्पोज सकेर म म्यूजिसियन स्टूडियो आइपुगेँ । अहिले यो स्टूडियोमा २ वटा चलचित्रको गीतको मिक्सिङको काम भैरहेको छ ।

सुरुमा ‘प्रेमगीत २’को एउटा लभस्टोरी गीतको मिक्सिङको काम गरेँ । यसपछि, अहिले म चलचित्र ‘म यस्तो गीत गाउँछु’को लभ मिसिएको गीतको मिक्सिङमा व्यस्त छु ।
daily-diary-arjun-pokhrel
यो गीतको मिक्सिङ सक्दा यस्तै ११ त बजिहाल्छ । काम गर्दा गर्दै अल्छी लागेको बेलामा फेसबुक चलाउँछु । बेलुकी घर जान ढिलो भएको खण्डमा यतै स्टूडियोमा नै केहि खान्छु । नभए घर गएर सामान्य खाना खान्छु । बेलुकी पनि मुड अनुसारको काम गर्छु । कहिले, गीतको कम्पोज गर्छु, कहिले पुस्तक पढ्छु ।

आजको दिन एकदमै रमाइलो र काममै वित्यो । दिनभर संगीतकै काममा नै व्यस्त भइयो । २ वटा चर्चित चलचित्रका गीतको कम्पोज गरिरहेको छु । यसैले, पनि आजको दिनलाई म ५ मा ४.५ दिन चाहन्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment