+
+

युगान्डा पुलिसले पक्रियो राजा, हिंसा मच्चाएको आरोप

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर १३ गते ९:२४

yuganda१३ मंसिर, काठमाडौं । पश्चिम युगान्डामा प्रहरीले रवेनजूरुरुका राजालाई हिंसाको आरोपमा हिरासतमा लिएको छ ।
प्रहरी र राजाका समर्थकबीच भएको लडाइमा कम्तिमा ५५ मानिस मारिएका छन् ।

चाल्र्स वेस्ले मुम्बेरे माथि हिंसा फैलाएको आरोप लगाइएको छ । उनको गृहनगर कासेसमा मिलिशिया लडाकुले प्रहरी चौकीमा हमला गरेका थिए ।  सुरक्षाबलले राजा मुम्बेरको दरबारमा छापा मारेर उनलाई हिरासतमा लिएको छ ।

उनीमाथि लडाकुलाई संरक्षण दिएको आरोप लगाइएको छ । तर, मुम्बेरले रबै आरोपलाई निराधार भनेका छन् । हिंसामा कम्तिमा १४ प्रहरी तथा ४१ लडाकु मारिएका छन् । युगान्डाको सरकारका एक प्रवक्ताका अनुसार मिलिशिया युगान्डाबाट अलगिन चाहन्छन् ।

प्रहरी प्रवक्ता एन्ड्रु फेलिक्सले हमलाबर डेमोक्रेटिक रिपब्लिक अफ कंगोको सीमामा नयाँ राष्ट्र बनाउनका युद्ध लडिरहेको बताए ।  उनले आइतबार राजको दरबारमा घेराबन्दी गरेर अन्य व्यक्तिलाई पनि नियन्त्रणमा लिइएको जनाए ।

चाल्र्स बेस्ले मुम्बेरेले मिलिशियाका साथ सम्बन्ध नरहेको दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?