Comments Add Comment

राष्ट्रसंघीय नियोगमा कार्यरत दुई नेपाली सुडानमा अपहरित

unhcr-sudan

१३ मंसिर, काठमाडौं । संयुक्त राष्ट्रसंघको शरणार्थीसम्वन्धी नियोग (युएनएचसीआर)सुडानमा कार्यरत दुई नेपालीसहित तीनजना हतियारधारी समूहको अपहरणमा परेका छन् ।

फ्रान्सेली न्यूज एजेन्सी एएफपीले सोमबार स्थानीय अधिकारीलाई उदृत गर्दै द्वन्द्वग्रस्त डार्फर क्षेत्रबाट तीनजना अपहरणमा परेको जनाएको छ । युएनएचसीआरमा कार्यरत दुई नेपाली र एक सुडानी नागरिक पश्चिमी डार्फर राज्यको केन्द्र जेनेइनाबाट उपहरण परेका हुन् ।

पश्चिम डार्फर राज्यका प्रवक्ता अब्देल्लाह मुस्तफाले एएफपीलाई भनेका छन्, हतियार बोकेको एक समूहले राष्ट्रसंघीय नियोगमा दुई नेपाली र एक सुडानीलाई आइतबार अपहरण गरेका हुन् । प्रहरीले अपहरणकारीको खोजी तीव्र बनाएको छ ।’

युएनएचसिआरका स्थानीय प्रतिनिधिसँग कुरा हुन नपाएपनि राजधानी खार्तुममा रहेका एक प्रवक्ताले टेष्ट म्यासेजमार्फत यस आपतकालीन स्थितिबारे बैठकहरु भइरहेको जानकारी दिएकाछन् ।

जातीय अल्पसंख्यकले राष्ट्रपति उमर अल बसीरको बिरुद्धमा सन् २००३ देखि शसस्त्र संघर्ष सुरु गरेपछि डार्फर घातक युद्धमा फसेको छ । संयुक्त राष्ट्रसंघका अनुसार त्यसयता डार्फरमा ३ लाखभन्दा बढीको मृत्यु भइसकेको छ भने २५ लाख मानिस शरणार्थी बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment