Comments Add Comment

नेपालसहित एसियाली देशमा उच्च रक्तचापका बिरामी दुई गुणाले वृद्धि

heartकाठमाडौं । विश्वमा उच्च रक्तचापका विरामीको संख्यामा झण्डै दुई गुणाले वृद्धि भएको छ ।  बढ्दो जनसंख्या तथा वृद्धावस्थाका कारण पनि झण्डै ४० वर्ष उमेरका वयष्कहरुमा उच्च रक्तचापको जोखिम बढेको हो ।

सन् १९७५ मा ५९४ मिलियन रहेको यो जोखिम सन् २०१५ सम्ममा १.१ विलियनभन्दा बढी रहेको देखिएको हो ।  वयष्कहरुमा उच्च रक्तचापको जोखिम सबैभन्दा धेरै वृद्धि पछिल्लो समय नेपाल, बंगलादेश लगायत दक्षिण एसियाका न्यून तथा मध्य आयस्रोत भएका देश तथा इथोपिया, मालावी जस्ता देशहरुमा देखा परेको छ ।

जबकी,  अमेरिका, अष्ट्रेलिया, क्यानाडा, जर्मनी, स्वीडेन, जापान लगायतका उच्च आयस्रोत भएका देशहरुमा उच्च रक्तचापको जोखिममा उल्लेख्य सुधार आएको विश्वव्यापी तहमा उच्च रक्तचाप सम्बन्धि गरिएको वृहत विश्लेषणले देखाएको छ ‘द ल्यानसेट’ नामक जर्नलमा प्रकाशित छ ।

रक्तचापको माथिल्लो अंक (सिस्टोलिक प्रेसर) १४० एम्एम भन्दा उच्च रहेमा वा तल्लो अंक (डायस्टोलिक प्रेसर) ९० एमएम भन्दा उच्च रहेको दुवै परिस्थितिमा यसलाई उच्च रक्तचाप मापन गर्ने आधार मान्न सकिन्छ ।

हालैको अनुसन्धानहरुले के सुझाव दिएको छ भने उमेरको वीचमा वा उमेर ढल्कदै जाँदा इस्केमिट रोग तथा स्ट्रोकबाट हुने मृत्युको जोखिम सिस्टोलिक प्रेसरमा २० एमएम तथा डियास्टोलिक प्रेसरमा १० एमएमले बृद्धि भएसँगै दोब्बरले वृद्धि हुने गर्दछ ।

यो १९७५ देखि २०१५ सम्म विश्वव्यापी रुपमा वयष्कहरु (१८ वर्ष भन्दा माथिको उमेर) को रक्तचापलाई लिएर गरिएको नयाँ विश्लेषणमा आधारित छ  । यस विश्लेषणमा मध्य सिस्टोलिक प्रेसर, डायलोस्टिक प्रेसर तथा उच्च रक्तचापको प्रवृतिलाई समावेश गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment