+
+
Shares

सुशिललाई मिठो लाग्यो बर्षाको बोली

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर १४ गते १०:५९

susil-and-barsha-in-karkhana
पहिलो पटक चलचित्रको पर्दामा जोडी वाँधेका कलाकार सुशिल श्रेष्ठ र बर्षा सिवाकोटी अभिनित चलचित्र ‘कारखाना’को प्रेम गीत सार्वजनिक गरिएको छ । ‘जुनतारा साँचेर’ बोलको गीतलाई अडियोमै श्रोताले मन पराएका थिए ।

यसको भिडियोलाई पनि दर्शकले मन पराउने विश्वास लिइएको छ । अमरदिप सापकोटाले निर्देशन गरेको यो चलचित्र पौष २९ गतेबाट देशभर रिलिज हुँदैछ । हुर्कलस बस्नेतको शब्द तथा संगीत रहेको गीतमा सुगम पोखरेल र निकिता थापाले आवाज दिएका छन् ।

नेपाली चलचित्रको पाश्र्व गायनमा श्रोताले फेरि सुगमको आवाजमा कर्णप्रिय गीत सुन्न पाइरहेका छन् । कविराज गहतराजको नृत्य निर्देशन रहेको यो गीतमा नवराज उप्रेतीको छायांकन छ । चलचित्रमा सुदिप खड्का र अमर वज्रचार्यको लगानी छ ।

यो चलचित्रले महिलाको कथालाई उठान गरेको निर्माणपक्षले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?