Comments Add Comment

जनकपुरमा विवाह पञ्चमी महोत्सव सुरु

janaki-temple

१४ मंसिर, धनुषा । प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा आजदेखि विवाह पञ्चमी महोत्सव सुरु भएको छ ।

त्रेतायुगमा श्रीराम र सीताबीच भएको विवाहको स्मरणमा प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन मिथिला नगरी जनकपुरधाममा पौराणिक विवाह पञ्चमी महोत्सवको आयोजना हुँदै आएको छ । यस वर्ष महोत्सव मङ्सिर २० गतेसम्म चल्ने छ ।

मेलामा भिडभाडलाई ध्यानमा राखी सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी लालमणि आचार्यले जनाए । महोत्सवका लागि जानकी मन्दिर, राम मन्दिरसहित जनकपुरलाई नवबेहुली झैँ सजाइएको छ ।

महोत्सव सम्पन्न गर्न प्रजिअ दिलीप चापागार्इंको नेतृत्वमा मूल समिति र अन्य विभिन्न उपसमिति गठन गरिएको जानकारी मन्दिरका महन्थ रामतपेश्वर दासले दिए ।

सप्ताहव्यापी रुपमा मनाइने महोत्सवको पहिलो दिन जनकपुर नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव, पाँचौँ दिन मटकोर, छैटौँ दिन शुभविवाह र सातौँ दिन राम कलेवा आयोजना गरिन्छ । महोत्सवका अवसरमा जानकी मन्दिरमा धार्मिक कथा वाचन तथा राम लीला र झाँकी पनि प्रदर्शन गरिन्छ ।

मेला हेर्न बाहिरबाट आउने दर्शकका गाडी पार्किङका लागि चक्रपथभन्दा बाहिर व्यवस्था मिलाइएको ट्राफिक प्रहरीले जनाएको छ । महोत्सवमा सहभागी हुन भारत, अयोध्याबाट हजारौँ दर्शनार्थी जनकपुर आउने गर्छन् ।

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment