+
+
Shares
संविधान संशोधन सकस :

प्रचण्डलाई ओलीको रुखो जवाफ- तपाईंको अनुहार पनि हेर्न मन छैन

छलफलबाटै समस्या समाधान गर्न प्रचण्डको प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर १६ गते १८:२१

kp-oli-and-prachand-in-parliament

१६ मंसिर, काठमाडौं । संविधान संशोधनको विरोध गर्दै एमाले सांसदले व्यवस्थापिका संसदमा उभिएर अवरोध गरिरहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पल्याकपुलुक हेरिरहे । प्रचण्डको सामुन्नेमै उभिएका थिए एमाले अध्यक्ष केपी ओली ।

सभामुखले बैठक स्थगित भएको घोषणा गर्नासाथ प्रधानमन्त्री प्रचण्ड विपक्षी दलका नेता केपी शर्मा ओली भएतिर अघि बढे । र, त्यहीँ सम्वाद सुरु भयो प्रचण्ड र ओलीबीच ।

[sam_list] आपसमा दुरी बढ्दै गइरहेका बेला ओली र प्रचण्डवीच के कुराकानी भयो ? त्यसबेला नजिकै रहेका एमाले सांसद रविन्द्र अधिकारीका अनुसार प्रधानमन्त्री प्रचण्डले ओलीलाई ‘बसेर छलफल गरौं’ भन्ने प्रस्ताव राखेका थिए ।

तर, एमाले अध्यक्ष ओलीले ‘तपाईसँग बोल्न त के, अनुहार हेर्न पनि मन छैन’ भन्ने रुखो जवाफ दिएका थिए । ओलीले त्यसोभन्दा नजिकै सुनिरहेका सांसदहरु भने हाँसेका थिए ।

लगत्तै प्रधानमन्त्रीले समस्या समाधान गर्न आफू गम्भीर रहेको बताए । जवाफमा ओलीले भने- ‘त्यसो हो भने तीनवटै चुनाव गर्न लाग्नुस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?