Comments Add Comment

निर्माता संघ निर्वाचनः आकाशको प्यानलमा करिश्मादेखि निश्चलसम्म

nirmata-sang-new-pannel
विगत २२ बर्षदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय कलाकार, निर्माता तथा निर्देशक आकाश अधिकारीले पौष २ गते हुन लागेको नेपाल चलचित्र निर्माता संघको १४ औ साधारण सभामा अध्यक्ष पदको उम्मेदवारी घोषणा गरेका छन् । आज काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै आकाशले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै आफ्नो प्यानल नै सार्वजनिक गरेका थिए ।

उपाध्यक्ष पदमा भने अहिले उम्मेदवारको नाम घोषणा गरिएको छैन । महा-सचिवमा छविराज ओझा, सचिवमा गोविन्द शाही, कोषाध्यक्षमा सुशिल पोख्रेलको उम्मेदवारी परेको छ ।

साथै, यहि प्यानलबाट सदस्यहरुमा करिश्मा मानन्धर, दिपकराज गिरी, चेतनाथ सापकोटा, निश्चल बस्नेत, दीपेन्द्र के खनाल, निकिता पौडेल, योगेश घिमिरे, रौनक विक्रम कँडेल र भानु प्रतापको उम्मेदवारी परेको छ ।

मंसिर २३ गतेसम्म निर्माता संघमा कम्पनी नविकरण गर्न पाइने कार्यक्रममा जानकारी दिइयो । कार्यक्रममा बोल्दै अध्यक्षका उम्मेदवार आकाश अधिकारीले आफ्नो एजेन्डा प्रस्तुत गरेका थिए ।

जसमा बक्स अफिस, सेन्सर समस्या, अन्तरराष्ट्रिय लगानी, निर्माताको लगानी कसरि सुरक्षित गर्ने बिषय मुख्य छन् । बक्स अफिसको खाकाको डिजाइन चलचित्र क्षेत्रमा सवैभन्दा पहिलो पटक सार्वजनिक गरेका आकाशले यसलाई राजहंश भनेका छन् ।aakash-adhikari

निर्माता र हल संचालकहरुको हिसाबको दुधको दुध, पानीको पानीको छुट्याउनका लागि बक्स अफिस आवश्यक भएको उनको भनाई थियो । नेपाली चलचित्रमा अन्तरराष्ट्रिय लगानी भित्राउनदेखि बक्स अफिस संचालन गर्न आवश्यक रहेको र आफ्नो मुख्य एजेन्डा यहि भएको उनको भनाई थियो ।

यो प्यानल निर्विरोध हुने संभावना रहेको देखिन्छ । अहिलेसम्म अन्य कुनै निर्माताले अध्यक्षदेखि अन्य पदमा उम्मेदवारी घोषणा नगरेकाले पनि यो प्यानल निर्विरोध हुने संभावना बढेको हो । प्यानलका सम्पूर्ण सदस्यहरुले निर्माता संघको माध्यमबाट निर्माताहरुको हक र हितका लागि आवाज उठाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment