Comments Add Comment

‘एटीएम’ पेट्रोलपम्प खोल्ने साझाको योजना

महानगरपालिकाले किन्यो १० हजार कित्ता सेयर

atm-petro

सांकेतिक तस्वीर

१६ मंसिर, काठमाडौं । साझाका पेट्रोल पम्पलाई आधुनिकीकरण गर्ने योजना अघि सारिएको छ । यसका लागि काठमाडौं महानगरपालिकाले साझा पेट्रोलपम्पको १० हजार कित्ता सयेर किनेको छ ।

पेट्रोपम्पसहित साझा सेवा सहकारीका सेवालाई आधुनिक सुविधासम्पन्न महानगरपालिकाले १० हजार कित्ता सेयर किनेको हो ।

महानगरपालिकाको लगानी पछि साझा पेट्रोल पम्पलाई अत्याधुनिक सुविधासहितको बनाउन काम थालिने भएको छ । पम्पमा पेट्रोलियम पदार्थ पनि एटिएम प्रविधिबाट किन्न सकिने गरी सेवा थाल्ने योजना बनाइएको छ ।

काठमाडौंका उपभोक्तालाई थप सरल र सहज रुपमा सेवा प्रदान गर्न सकियोस् भन्ने उद्देश्यले साझा सेवाको १० लाख रुपैयाँ बराबरको सेयर किन्ने सम्झौता भएको काठमाडौं महानगरपालिका प्रमुख कार्यकारी रुद्रसिंह तामाङले अनलाइनखबरलाई जानकारी दिए ।

‘हाम्रो शहरका बासिन्दालाई सहज रुपमा उपभोग्यस सामाग्री मिलोस् भन्नका लागि यस्ता यो लागानीबाट नयाँ प्रयास थालेका हौं’ तामाङले भने,’साझा यातायातका लागि गरिएको लगानीपछि शहरी बासिन्दालाई थप सहज सेवाहरु प्रदान गर्न यो पनि महत्वपूर्ण हुनेछ ।’

बिहीबार एक कार्यक्रमकाबीच सेयर किन्ने सम्झौतामा महानगपालिका र साझा सेवाबीच सम्झौता भएको छ । साझासेवाले विगत ४७ वर्षदेखि सर्वसाधारण, सरकारी कार्यालय तथा संघ संस्थालाई पेट्रोलियम पदार्थ, रासायनिक मल, सिमेन्ट, एलपी ग्यास लगायतको कारोबार गर्द आएको छ । सहकारीमा विभिन्न सरकारी निकायको सेयर स्वामित्व छ ।

महानगरपालिकाले लगानी गरेको १० लाख रुपैयाँ संस्थाले आफ्नो क्षमता विकासमा खर्च गर्नेछ । सम्झौताअनुसार साझाले काठमाडौं उपत्यकाभित्र उपयुक्त स्थानको खोजी गरी एटिएम सुविधासहित वेटिङ लंग, सञ्चार सेवा, पेट्रो क्याफे, स्मार्टकार्ड, डिजिटल सुविधा, शैचालय सुविधासहितका पेट्रोलपम्प स्थापना गर्नुपर्ने सम्झौतामा उल्लेख छ । यसका लागि महानगरपालिकाले जग्गा उपलब्ध गराउन सहयोग गर्नेछ ।

यो सम्झौताअनुसार साझाका पेट्रोलपम्पमा अब प्रविधिगत सुधारहरु हुनेछन् भने सेवा अझ आधुनिक हुने कार्यकारी अधिकृत तामाङले बताए ।

सम्झौताले साझाका सेवालाई अझ आधुनिकीकरण गर्न सहयोग पुग्ने सहकारीका कार्यकारी प्रमुख दिनेश पौडेलले बताए । साझा सेवा सहकारीले गतवर्ष १५ पैतिशत मुनाफा गरेको थियो । महानगरपालिकाले मुनाफाको स्वामित्वलाई पनि सेयरमा ‘कन्भर्ट’ गर्ने योजना बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment