Comments Add Comment

दिनभर कति समय उभिँनुहुन्छ ? उभिँदा शरीरको बोसो घट्छ ?

अँ, तपाईं दिनभरमा कति समय उचिँनुभयो ? संभवत यसको हिसाबकिताब लगाउन गाह्रो होला । यद्यपी सामान्य अनुमान गर्न सकिन्छ । बिहान ओछ्यान छाडेदेखि राती विश्राम नगरेसम्म तपाईं धेरैजस्तो कस्तो अवस्थामा हुनुहुन्थ्यो ? बसेको वा उठेको ?

तपाईं गाडीमा बस्नुभयो । घरमा बस्नुभयो । अफिसमा पुगेर बस्नुभयो । आफ्नो कार्यथलोमा बस्नुभयो । धेरैजसो काम पनि बसेरै गर्नुपर्छ । तपाईं मस्त बस्नुभयो ।

यद्यपी यस अवधीमा तपाईं कति समय ठिंग उचिँनुभयो ? अर्थात हिँड्नु, कुद्नुभयो ?

किन उभिने ?

उचिँनु आफैमा पनि एक राम्रो व्यायाम हो । हामी शारीरिक स्वास्थ्यका लागि बिहान व्यायाम गर्छौं । योगा गर्छौं । ध्यान गर्छौं । वर्कआउट गर्छौं । शारीरिक काम गर्छौं । तर दिनभर निस्क्रिय बस्छौ । एकै थलोमा घण्टौ विताउँछौ ।

जबकी दिनभर कामको सिलसिलामा बसिरहँदा पनि उठ्ने, हिँड्ने गर्नुपर्छ ।

विभिन्न जर्नलमा प्रकाशित अध्ययनहरुका अनुसार उभिएमा शरीरको क्यालोरी बर्न हुन्छ । शरीरमा रोग लाग्न पाउँदैन ।

जबकी हाम्रो जस्तो विकसित मुलुकमा भने हिड्नु वा डुल्नुलाई मात्र एक्सरसाइज भन्ने गरिन्छ ।  दैनिक कम्तीमा पनि आधा घण्टा हिड्नाले मुटु स्वस्थ रहने चिकित्सकहरुको भनाई छ ।

जबकी विभिन्न अनुसन्धानहरुले भने दिनमा कम्तीमा एक घण्टा उभिएमा मात्र पनि शरीरमा अनगिन्ती फाइदा हुने पुष्टि गर्दै आएको छ ।

जुन यसप्रकार छः

फ्याट बर्न हुन्छ

भनिन्छ, बसिरहँदा शरीरमा बोसो एकत्रित हुन थाल्छ । जबकी उठेर काम गर्दा, शरीरले काम गर्ने तरीकामा पनि फरक पर्ने गर्छ ।   विभिन्न अध्ययनहरुले जनाए अनुसार उभिदाँ शरीरको फ्याट बर्न हुन्छ । जबकी बस्दा शरीरमा फ्याट एकत्रित हुनथाल्छ ।

मिसूरी विश्वविद्यालयका प्रोफेसर मार्क हेमिल्टनका अनुसार लामो समय बसिरहँदा वा नउभिदाँ मांसपेशीको रक्त बाहिनीमा रहेको तौल कम गर्ने एञ्जाइमले काम गर्न बन्द गर्छ ।

रोगबाट बचाउँछ

यूरोपियन हार्ट जर्नलमा प्रकाशित एक अध्ययन अनुसार उभिनाले कोलेस्ट्रोलको स्तरमा समेत सुधार आउन थाल्छ । मधुमेह तथा कोलेस्ट्रोल नियन्त्रित रहन्छ । झण्डै आठ सय सहभागी उक्त अध्ययनमा जब  सहभागीले दैनिक दुई घण्टा अतिरिक्त उभिन थाले, तब उनीहरुको मधुमेहको स्तर दुई प्रतिशत तथा मोटोपनाको स्तर एघार प्रतिशतसम्म कम भएको थियो ।

के उभिनाले क्यालोरी बर्न हुन्छ ?

हो, उभिनाले शरीरको क्यालोरी समेत बर्न हुने गर्छ । विशेषगरी,धेरै समय उभिदा खुट्टा, पेट र हिपको मांसपेशीको दरो एक्सरसाइज हुन्छ, जसले गर्दा शरीरको फ्याट बर्न हुन्छ ।

उचिँनु र हिड्नुमा धेरै फरक छ

विभिन्न अध्ययनहरुले जनाए अनुसार एक स्वस्थ व्यक्तिले दिनमा एक घण्टा उभिएमा करिब एक सय ९० क्यालोरी बर्न हुन्छ । जबकी बसिरहँदा जम्मा एक सय ३० क्यालोरीमात्र बर्न हुने गर्छ । जबकी त्यति नै समय हिडेमा शरीरमा तीन सय ३० क्यालोरीसम्म बर्न हुने गर्छ । तर सधैभरी हिडिराख्न सम्भव नहुन सक्छ । तर यसको कमीलाई धेरैभन्दा धेरै समय उभिएर पनि पूर्ति गर्न सकिन्छ ।

१६ पटक उभिन जरुरी  ?

तपाई अफिसमा रहँदा दिनमा कतिपटक आˆनो सिटबाट उठ्नु हुन्छ ? एक पटक वा दुई पटक । जबकी एउटा व्यक्तिलाई दिनमा कम्तीमा पनि प्रत्येक आधा घण्टामा करिब दश मिनेटकै लागि भएपनि आˆनो सिटबाट उठ्नु पर्छ । अर्थात, दिनमा कम्तीमा पनि १६ पटक उठ्न जरुरी हुन्छ ।

उभिनका लागि के के गर्न सकिन्छ ?

व्यस्त जीवनशैलीका बाबजुद पनि उभिएरै शरीरको क्यालोरी बर्न गर्न चाहनुहुन्छ भने यी उपाय अपनाउन सक्नुहुन्छ ।

-अफिसमा उभिएर काम गर्न सक्ने डेस्कको खोजी गर्ने र आठ घण्टाको सिˆटमा कम्तीमा दुई घण्टा उभिएर काम गर्नुपर्छ ।

-हिड्दा हिड्दै कुरा गर्ने । सम्भव भएसम्म मिटिङ्ग पनि हिडेरै गर्नुपर्छ ।

-सुन्दा अचम्म लाग्न सक्छ । तर उभिएर टिभी हेर्नु पनि शरीरको क्यालोरी बर्न गर्ने राम्रो उापय हो ।

-दिनमा कति समय उभिने भन्नका लागि घडीमा टाइम सेट गर्ने  वा अर्लाम लगाउने । यसले पनि बेलाबेलामा उचिँनु पर्छ भन्ने कुरा याद दिलाउँछ र शरीरको फ्याट बर्न गर्न सहयोग पुर्‍याउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment