Comments Add Comment

अब नेपालमै कलेजो प्रत्यारोपण

living_liver_transplantthu

काठमाडौं । स्वास्थ्य मन्त्रालयको पहलमा नेपालमै कलेजो प्रत्यारोपण शुरु हुने भएको छ । स्वास्थ्य मन्त्रालयले ल्याएको मानव अंग प्रत्यारोपण नियमावली २०७३ ले कलेजो प्रत्यरोपणको बाटो खुल्ला गरेको हो ।

नियमावलीले कलेजो प्रत्यारोपणसँग ब्रेन डेथबाट मृत्यु भएकाहरुको आठ वटा अंग लिने र प्रत्यारोपण गर्नेबाटो समेत खुल्ला गरेको छ ।

नेपालका कलेजो रोगीहरुले कलेजो प्रत्यारोपण गर्न चाहेपनि नियमको अभावमा विदेशमा गएर करोडौं रुपैयाँ खर्च गरेर प्रत्यारोपण गर्दै आएका थिए । स्वास्थ्य मन्त्री गगन कुमार थापाले मन्त्रालयको पदभार सम्हालेसँगै ६ महिना भित्र नेपालमा कलेजो प्रत्यारोपण शुरु गर्ने घोषणा गरेका थिए ।

कलेजो प्रत्यारोपणमा विदेशमा एक करोड रुपैयाँ सम्म खर्च हुने गरेकोमा नेपालमा १५ देखि २० लाख रुपैयाँमा प्रत्यारोपण गर्ने तयारी गरिरहेको मानव अंग प्रत्यारोपण केन्द्रका निर्देशक डा श्रेष्ठले बताए ।

मानव अंग प्रत्यारोपण केन्द्रले त्यसको प्राविधिक तयारी गरिरहेको छ । केन्द्रले कलेजो प्रत्यारोपण सम्बन्धी ख्याति प्राप्त डाक्टरसहितविदेशी टोली बोलाएर केही हप्तापछि नेपालमा कलेजो प्रत्यारोपण शुरु गर्ने तयारी गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment