Comments Add Comment

प्रथम आसोन-कन सम्मेलन काठमाडौंमा हुने

asonconनेपाल आर्थ्रोस्कोपी संघले काठमाडौंमा पहिलोपटक ‘आसोन-कन २०१६’ आयोजना गर्ने भएको छ ।

सम्मेलनले नेपालका आर्थोपेडिक सर्जनहरुलाई विभिन्न देशबाट आएका बिशिष्ट अर्थोपेडिक सर्जनहरुबाट अनुभव, ज्ञान र सीप सिक्ने अबसर प्रदान गर्नुकासाथै नेपालका अर्थोपेडिक सर्जनहरुको अनुभव, ज्ञान, सीप र दक्षता विश्व सामु चिनाउने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

डिसेम्बर ४ देखि ६ तारिखसम्म काडमाडौंको होटल सोल्टी क्राउन प्लाजामा संचालन हुने सम्मेलनमा नेपालसहित अमेरिका, फ्रान्स, इटली, टर्की, स्पेन, स्लोभानिया, जापान, फिलिपिन्स, थाइल्याण्ड, भारत, बङ्गलादेश लगायतका ११ देशका ३०० बढी बिशिष्ट तथा ख्यातिप्राप्त आर्थ्रोस्कोपिक सर्जनहरुको सहभागिता रहने छ ।

सम्मेलनले (स्पोर्ट्स मेडिसिन) खेलकुदका समयमा हुने चोटपटकहरुको उपचारका क्षेत्रमा उल्लेख्य सुधार आउने र नेपालको स्पोर्ट्स मेडिसिनका क्षेत्रमा नयाँ आयाम थपिने नेपाल आर्थ्रोस्कोपी संघका अध्यक्ष डा. चक्रराज पाण्डेले जानकारी दिए ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment