Comments Add Comment

नेपाल-अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सव हुने

अमेरिका । नेपाल-अमेरिका फिल्म सोसाइटीले चलचित्र महोत्सव आयोजना गर्ने भएको छ ।

nepal-america-film-society२०७४ साल वैशाख २२ देखि २४ सम्म (मे ५ देखि ७, २०१७) नेपाल—अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सव आयोजना हुने भएको हो ।  वार्षिक रुपमा आयोजना गरिने पहिलो चलचित्र महोत्सव ३ दिन सम्म चल्ने छ ।

अमेरिकाको वासिङ्गटन डिसी महानगर क्षेत्रमा आयोजना गरिने चलचित्र महोत्सवसमा मुलत नेपालका फिचर फिल्म , वृत्तचित्र , छोटा चलचित्र, एनिमेशनका साथै सबै विधाका चलचित्रहरु प्रदर्शन गरिनेछ ।

नेपालबाहेक दक्षिण एसिया, अमेरिका सहित विश्वभरी बनेका चलचित्रहरु यस महोत्सवमा समावेश गरिनेछ । नेपाली डायस्पोरा र चलचित्र जस्ता विभिन्न विधामा विषयगत छलफल तथा कार्यशालाहरुको पनि आयोजना हुनेछन् । प्रतिष्पर्धाका लागि छानिएका उत्कृष्ट चलचिहरुलाई पुरस्कृत पनि गरिनेछ ।

नेपाली र आप्रवासी चलचित्रकर्मी लगायत विश्वभरीका सम्पूर्ण चलचित्रकर्मीहरुलाई आफ्ना चलचित्र पठाउन नेपाल-अमेरिका फिल्म सोसाइटीले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment