Comments Add Comment

‘विजुली मेसिन’ मल्टिप्लेक्समा सुखद

bijuli-machine-premier-2
फरक बिषयमा निर्माण भएको चलचित्र ‘विजुली मेसिन’लाई मल्टिप्लेक्सका दर्शकले रुचाएका छन् । शनिबार, काठमाण्डौको कुमारी, लाबिमका साथै विश्वज्योती हलमा दर्शकको उल्लेख्य साथ चलचित्रले पाएको निर्माणपक्षले बताएको छ । यस्तै, चितवनको जलमा हलमा पनि चलचित्रले राम्रो व्यापार गरेको जानकारी प्राप्त भएको छ ।

मल्टिप्लेक्समा शुक्रबार र शनिबार चलचित्रलाई कम शो दिइएको थियो । तर, दर्शकले चलचित्र रुचाएपछि आजबाट शो बढेको जानकारी निर्माणपक्षको छ ।
आवाजबाट पनि विजुली निकाल्न सकिन्छ भन्ने कथामा यो चलचित्र निर्माण भएको छ ।

एउटा फरक सोच र कथामा चलचित्र निर्माण भएकाले पनि दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् । बिहिबार भएको चलचित्रको प्रिमियरमा पनि चलचित्रकर्मी र पत्रकारले निर्माणटिम र निर्देशक नविन अवालको प्रशंसा गरेका थिए ।

बलिउड चलचित्रको व्यापार नेपालमा कमजोर पर्दै जादा नेपाली चलचित्रले भने मल्टिप्लेक्स र सिंगल हलमा सुखद व्यापार गर्न थालेका छन् । चलचित्रमा अभिषेक सुवेदी, जीवन अधिकारी, रेलिजा श्रेष्ठ, वुद्धि तामाङ, आशिष लुइटेल, जीवन भट्टराइ लगायतका कलाकारको अभिनय छ । नायक राजेश हमाल केमियाे भूमिकामा देखिएका छन् । रिसभ आचार्य, दिपेन बस्नेत, संजिवकुमार न्यौपाने, विन्दु तिमिल्सिनाले यो चलचित्रमा लगानी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment