Comments Add Comment

सीमांकन हेरफेरको बिरोधमा गुल्मीमा मसाल जुलुस

masal-julus

१९ मंसिर, गुल्मी । सरकारले प्रदेशको सीमांकन हेरफेर गरेको बिरोधमा गुल्मीको संयुक्त आन्दोलन समितिले आज मसाल जुलुससहित प्रदर्शन गरेको छ ।

समितिको आयोजनामा सदरमुकाम तम्घास बजारमा मसाल जुलुस भएको हो । जुलुसका सहभागीहरुले सरकारबिरुद्ध नाराबाजी गर्दै सीमांकन हेरफेरसहितको संविधान संशोधन प्रस्ताव फिर्ता लिन चेतावनी दिएका थिए ।

आन्दोलन संयुक्त समितिले बिरोधकै कार्यक्रम अनुसार सोमवार सदरमुकाम तम्घासमा बृहत जनसभा गर्ने भएको छ । जिल्लाका सबैगाविसबाट जनसहभागिता जुटाएर दिउँसो १ बजे बृहत जनसभा गर्ने आन्दोलन समितिले जानकारी गराएको छ ।

अन्दोलनरत पक्षको अबरोधका कारण गुल्मीमा आइतवार पनि सरकारी कार्यालयमा कामकाज ठप्प भएको छ ।

सरकारले प्रदेश नम्बर ५ को सीमांकन हेरफेर गरेको बिरोधमा आहृवान गरिएको अनिश्चितकालीन गुल्मी बन्दको आज पाचौं दिन जनजीवन कष्टकर बन्दै गएको छ । आन्दोलनरत पक्षले बजारमा मोटरसाइकलसमेत चल्न दिएका छैनन् । आइतबार मात्रै आन्दोलनकारीले बन्दको अवज्ञा गरेको भन्दै ९ वटा मोटरसाइकल नियन्त्रणमा लिएका थिए ।

अनिल खत्रीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment