Comments Add Comment

चरेस किनबेच गर्दा गर्दै पक्राउ

२० मंसिर, जाजरकोट । प्रहरीले सात किलो चरेस किनबेच गर्दा गर्दै दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

Two-man-Arrestedसीमा गाविस–९ सीमा बजारमा सदरमुकामबाट गएको बसबाट झरेर पसलमा गई बिक्री गर्दै गरेको आरोपमा जाजरकोट प्रहरीले बाँके नौवस्था–८ की तुलसा शाही र नौवस्था–७ का हरिबहादुर कमलाई पक्राउ गरेको थियो । तुलसाले बमलाई बिक्री गर्दै गर्दा फेला पारिएको प्रहरीको भनाइ छ । बमबाट ७९ हजार रूपैयाँ समेत बरामद गरेको छ ।

विशेष सूचनाका आधारमा बिक्री भइरहेको सूचना पाएपछि सदरमुकामबाट प्रहरी निरीक्षक सुवास भट्टको नेतृत्वमा गएको प्रहरी टोलीले तिनलाई आइतबार पक्राउ गरेको बताइएको छ ।

एक हप्ताभित्र जाजरकोट प्रहरीले तीन जना लागुऔषध कारोबारीलाई पक्राउ गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment