Comments Add Comment

राप्रपाको विधानमा सुझाव दिन आठ सदस्यीय समिति गठन

२० मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले बुद्धिमान तामाङको संयोजकत्वमा आठ सदस्यीय पार्टीको विधान संशोधन सुझाव समिति गठन गरेको छ ।

buddhiman-tamangसमितिका सदस्यमा राजेन्द्र लिङ्देन, सुशील श्रेष्ठ, ठाकुरप्रसाद शर्मा, भरतजङ्ग उप्रेती, कुन्तीकुमारी शाही, नरेन्द्र चौधरी र राजाराम बर्तौलालाई जिम्मेवारी दिइएको छ ।

राप्रपा र राप्रपा नेपाल एकीकरण भएपछि विधान संशोधन गर्न लागिएको छ ।

नवगठित समितिका सदस्य बर्तौलाका अनुसार नेता तथा कार्यकर्ताको भावनालाई सम्बोधन हुने गरी सुझाव सङ्कलन गरेर विधान संशोधनका लागि प्रस्ताव गरिनेछ ।

आगामी फागुन ६ देखि ९ गते काठमाडौँमा एकीकृत पार्टीको महाधिवेशन हुने छ । अहिलेसम्म ४० जिल्लाभन्दा बढी स्थानमा दुई दलबीच स्थानीय एकता भएको छ । यही मंसिर २५ गतेसम्म बाँकी जिल्लामा एकता प्रक्रिया सम्पन्न गरिने जनाइएको छ ।

यसैबीच पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । उक्त बैठकले सरकारले व्यवस्थापिका–संसदमा दर्ता गराएको संविधान संशोधनको प्रस्तावबारे निर्णय लिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment