+
+
Shares

तीन विद्यार्थी, दुई शिक्षक, एउटा कक्षामा शून्य विद्यार्थी

रासस रासस
२०७३ मंसिर २१ गते ९:२६

school२१ मंसिर, म्याग्दी । बढ्दो बसाइँसराइ र निजी विद्यालयतर्फको आकर्षणका कारण म्याग्दीका ग्रामीण भेगका विद्यालयको प्राथमिक तहमा विद्यार्थी पाइनै छोडेका छन् ।

जिल्लाको राम्चे गाविसमा अवस्थित शान्तिकालिका प्राविमा तीनजना विद्यार्थी अध्ययनरत छन् । विद्यार्थी बढाउन शिक्षक, व्यवस्थापन समितिले अभियान सञ्चालन गरेपनि अपेक्षा अनुसार विद्यालयमा विद्यार्थी भर्ना हुन आएनन् ।

त्यसैगरी, राम्चे गाविसकै चन्द्र प्रावि र भकिम्ली गाविसको मरेक गाउँमा रहेको नवज्योति प्राविको १ देखि ३ कक्षासम्म तीन जना विद्यार्थी रहेका छन् । यी तीनवटै विद्यालयमा दुईजना शिक्षकले तीनजना विद्यार्थीलाई पढाइरहेका छन् ।

तीनवटामा मात्रै होइन जिल्लामा ८० वटा प्रावि तहका विद्यालयमा दुई/तीन जना शिक्षकका लागि २० भन्दा कम विद्यार्थी रहेका जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत दलबहादुर थापाले बताए ।  बेनी नगरपालिका–१ रत्नेचौरमा रहेको भानु माविको कक्षा २ मा एकजना पनि विद्यार्थी छैनन् ।

“सामुदायिक विद्यालयमा विद्यार्थीको घट्दो सङ्ख्या चिन्ताको विषय बनेको छ । आउँदो शैक्षिक सत्रमा सकेसम्म गाभ्ने तयारीमा छौँ”, थापाले भने। सूचना अधिकृत समेत रहेका थापाका अनुसार जिल्लाभर रहेका विद्यालयमा प्राथमिक तहका विद्यार्थी घट्नुमा सामुदायिक विद्यालयको गुणस्तरीयताभन्दा पनि जन्मदर तथा बसाइँसराइ प्रमुख कारण हो ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?