Comments Add Comment

अब आफै हिरो बनेर चलचित्र खेल्दै भूवन, अनमोललाई किन लिएनन् ?

Bhuwan-and-Anmol-kc-1
चलचित्र ‘ड्रिम्स’मा छोरा अनमोल केसीलाई लिएर चलचित्र निर्देशन गरेका नायक भूवन केसी अब फेरि आफै नायक बन्दैछन् । द सुपर काजोल फिल्मस्कै ब्यानरमा निर्माण हुने नयाा चलचित्रको तयारीमा भूवन केसी लागिरहेका छन् । यो चलचित्रलाई सामिप्य तिमिल्सिनाले लेखिरहेका छन् ।

फागुण महिनाबाट छायांकनमा जाने चलचित्रको निर्देशन भूवनले नगर्ने भएका छन् । चलचित्रको कथावस्तु थ्रीलर हुनेछ । भूवन केसीकै उमेरको एक मानिस र उसको सस्पेन्स कथामा चलचित्र बन्नेछ । चलचित्रलाई अहिले लेखक सामिप्य तिमिल्सिनाले लेखिरहेका छन् । जसले यसअगाडि भूवनको डेब्यू निर्देशन चलचित्र पनि लेखेका थिए ।

फागुणमा नायक अनमोल केसीको ‘कृ’ चलचित्रको छायांकन सुरु हुनेछ । सोहि, समयमा नायक केसीले आफूले अभिनय गर्ने चलचित्रको छायांकन पनि सुरु गर्नेछन् । चलचित्रलाई सामान्य बजेटमा तयार पार्ने तयारी केसीको छ । चलचित्र ‘साथी म तिम्रो’मा दर्शकले भूवनलाई पर्दामा हेर्न पाएका थिए । यसपछि, भूवन आफूले बनाउादै आएको शैलीको भन्दा फरक शैलीको चलचित्र मार्फत दर्शकमाझ आउने तयारीमा लागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment