बलिउडबाट हलिउडमा प्रवेश गरेपछि नायिका प्रियंका चोपडाको चर्चा खुबै भैरहेको छ । उनले हलिउड चलचित्र ‘वेवाच’मा खलपात्रको भूमिका निर्वाहा गरेकी छिन् ।
यो चलचित्रको ट्रेलर सार्वजनिक भएपछि चोपडाको चर्चा र प्रशंसा झनै हुन्छ भन्ने धेरैले सोचेका थिए । तर, अहिले उनको ट्विटरमा मजाक बनाइएको छ ।
यो हलिउड चलचित्रको ट्रेलरमा बलिउड नायिकाका लागि जम्मा १ सेकेन्ड स्थान दिइएको छ । एक सेकेन्डमा पनि चोपडा बोल्ड देखिएकी छिन् । अमेरिकी टेलिभिजन सिरियल ‘क्वान्टिको’ मार्फत उनले अन्रराष्ट्रिय यात्रा तय गरेकी थिइन् । तर, पहिलो चलचित्रको ट्रेलरमा गतिलो स्थान नपाएपछि उनका फ्यानहरु चिन्तित देखिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4