Comments Add Comment

‘हेल्पबाट हिरो’ बने अष्ट्रेलियामा एक नेपाली युवा

सिड्नीको आगलागीबाट यसरी बच्यो एक नेपाली परिवार

२६ मंसिर, सिड्नी । नेपालीको वीरताको इतिहास धेरैले पढेका छन् । तर, अष्ट्रेलियामा एक नेपाली युवाले आफ्नो कर्तव्य निर्वाह गर्दा एकाएक  हिरो बनेका छन् । अहिले अष्ट्रेलियाका सञ्चारमाध्यम र प्रहरी प्रशासनमा समेत उनको बहादुरीको प्रशंसा भइरहेको छ ।

न्यू साउथ वेल्स राज्यको राजधानी सिड्नीको इनर वेस्ट सवअर्वस्थित आसफिल्डको एक घरमा भएको आगलागीमा एक नेपाली परिवारको निकै जोखिमपूर्ण उद्दारबाट ज्यान जोगिएको प्रसंग हो यो ।

भवनका दोस्रो तलामा चार दिन पहिले भएको आगलागीको घटनामा एक नेपाली परिवार परेको र त्यहाँ भएको उद्धार कार्यको चर्चाले अष्ट्रेलियाका आमसञ्चार माध्यम र नेपाली समाज तरगित भएको छ ।

के हो घटना ?

गत बिहीबार विहान दुई बज्न केही मिनेट बाँकी रहँदा आसफिल्डको क्याविल ए भेन्यूको एक घरको दोस्रो तलमा एक्कासी आगलागी भएको थियो ।

सौभाग्य नै मान्नपुपर्छ कि आगलागीबाट भौतिक क्षति भए पनि त्यहाँ भएका चार वर्षे एक वालकसहित नेपाली परिवारका चारैजना सुरक्षित भएका छन् । नेपाली परिवार वसिरहेको उक्त दुई कोठे युनिटको एउटा कोठामा सुतिरहेका निर गर्वुजा आगोले शिरक डढाउन थालेपछि व्यूँझिए ।

त्यतिन्जेल उनको कोठाको छाना जलिरहेको थियो । उनी आत्तिएर मूल कोठमा आउँदै गर्दा अर्को कोठमा भएको तेज थापा तथा उनी श्रीमती शान्ति र चारवर्षे छोरा शिरिष उठिसकेका थिए ।

बत्ती नभएकाले उनीहरु आत्तिए । उक्त युनिटबाट बाहिर निस्कन साँचो खोज्न उनीहरुलाई निकै कठीन भयो । त्यतिन्जेल आगोको मुस्लो दुवै कोठा तर्फ फैलँदै थियो ।

जब तेज हामफाले

हाल अस्पतालमा उपचाररत तेजु थापाले अनलाइनखबरलाई टेलिफोनमा उक्त डर लाग्दो विहानको स्मरण गर्दै भने, ‘धुँवाको कालो मुस्लोले पछ्याइरहेका गिर गर्वुजा भान्सातिर लागे तर, हामी ज्यान बचाउन कौसीतिर तिर गयौं । उनी कता गए थाहा भएन ।’

श्रीमती शान्तिसँग सल्लाह गरेर श्रीमान दुई तला माथिको झ्याल तोडेर आगनमा हामफाले । दुःखको कुरा आगन सिमेन्टेड र भिजेको हुनलो उनको एउटा खुटुटामा गम्भीर चोट लाग्यो । उनी उठ्न नसक्ने भए । तेजु भन्छन्, ‘मेरो खुट्टामा चोट लागेपनि शान्तिलाई हाम्रो योजना मै रहन भने र छिमेकीसँग हेल्प हेल्प भन्न थाले ।’

आगलागीको होहल्ला भएपछि छिमेकबाट मानिसहरु सहयोगका लागि आए । उनले नजिकै आएका एक युवालाई आफ्नो बच्चा र श्रीमतीको उद्धार गर्ने योजनामा सहयोग गर्न आग्रह गरे ।

र, ती युवा तत्काल तयार भए । उनले होसियारीपूूर्वक शरीरलाई सन्तुलनमा राख्दै बच्चालाई भुईमा खस्न दिएनन् । चोटबाट बचाउन पोजिशनमा उभिए । शान्तिले माथिबाट भूईतर्फ खसालेको बच्चालाई उनले च्याप्प समाते र सुरक्षित साथ भूईमा राखे ।

तेज भन्छन्, ‘मेरो खुट्टामा चोट लागेर चल्न नसक्ने भएपनि त्यो युुवासँगै तल बच्चा समात्न पोजिशनमा बसेको थिएँ । बच्चाको उद्धार भए लगत्तै सरकारी उद्धारकर्ताहरु आईपुगे । घाइते तेज थापालाई अस्पताल तत्काल पु¥याइयो । आगो निभाउने र शान्तिलाई सुरक्षित उद्धार गर्ने काम तत्काल भयो ।

को हुन् ती युवा ?

बच्चालाई सुरक्षित उद्धार गर्ने युवा हुन्, २०१४ मा अष्ट्रेलिया आई हाल आसफिल्डमै वसोबास गरिरहेका यामप्रसाद धिताल ।

चितवन भरतपूर १४ निवासी उनका पिता रामप्रसाद धिताल र आमा इश्वरी धिताललाई अंग्रेजी भाषामा बोल्दै छोरो टिभिको पर्दामा देखिएको मात्रै थाहा छ ।

यामप्रसाद धिताल

खास के भएको हो र आफ्नो छोरो किन विदेशी टेलिभिजनमा देखियो थाहा छैन । उनले उक्त घटनाको बारेमा आफ्ना आमा बुवालाई शनिबार पनि भन्न भ्याएनन् ।

अनलाइनखबरसँग टेलिफोन सम्पर्कमा आएका यामप्रसाद धितालले सो घटनाबारे भने, म कम्प्यूटरमा केही काम गर्दै थिएँ । मेरी छोरी सुयसा धिताल र श्रीमती गंगा भट्टराई मस्त निद्रामा थिए । मेरो ध्यान भंग हुने गरी छिमेकमा हेल्प हेल्पको आवाज सुनेँ । श्रीमती गंगा पनि तत्काल व्यूँझिइन् । पछि दुवैतिर हेर्न मिल्ने घरको एकापटी मैले र अर्को पट्टी गंगाले हेर्न थाल्यौं ।

युवा याम धिताल त्यो विहानको कहाली लाग्दो समय सम्झिँदै भन्छन् ,‘मैले अर्को घरमा आगोको मुस्लो देखें । तत्काल श्रीमती र छोरीसहित घरबाहिर जाँदै गर्दा भर्‍याङबाट तीनवटा शून्यमा खबर गरेँ ।’ उनले सम्पर्क गरेको विहान १ः ५९ मा रहेछ ।  आकस्मिक नम्बरमा उनले आसफिल्डको घटना जानकारी दिएर सक्दा वित्तिकै उनी आगलागी भइरहेको घरनजिक पुगिसकेका थिए ।

हेल्प हेल्प भन्ने पहिलो आवाज कोही होमलेसको होकी भन्ने लागेको थियो उनलाई । तर, जब आगलागी भएको थाहा पाए तब उनी मानवीय क्षति रोक्न आफैं खटिए ।

उनी घटनास्थलमा पुग्दा तजु चोट लागेर भूइमा लडेका थिए भने उनकी श्रीमतीले माथिबाट बच्चा हातमा लिएर भुइँमा फाल्न खोजिरहेकी थिइन् । उनले तत्कालै विवेक प्रयोग गरेर बच्चालाई बचाउन पोजिशन लिए ।

उनी त्यो क्षण सम्झिदै भन्छन्–‘मैले ठीक समयमा ठीक निर्णय लिएँ । माथिबाट आमाले खसालेको बच्चाको खुट्टा, ढाड र टाउँकोमा च्याप्प समातेर सुरक्षित बनाएँ । बच्चाको उद्धार तीन चार मिनटमै भयो ।’

प्रहरी एम्बुलेन्स दमकल तत्काल आइपुग्यो । उद्धारकहरुले भर्‍याङ राखेर शान्तिको सकुसल उद्धार गरे र आगो पनि नियन्त्रणमा लिए । तेज थापालाई अस्पतालतिर लगे ।

कथा यतिमै सकिएन

यामप्रसाद धिताल त्यसपछि घर गए । उज्यालो हुँदै थियो । उनी काममा पनि गए । तर, कामको अवधिमा उनको मनमा उक्त घटनाको कहाली लाग्दो दृश्यको सम्झना भइरह्यो । तर, मानवीय क्षति हुनबाट बचाएकोले आफूप्रति गर्व महसुस भयो र जीवनको सवैभन्दा ठूलो धर्म गरेको अनुभूति भइरह्यो । उनलाई पहिलो पटक निकै डर त्यतिबेला लाग्यो, जतिबेला प्रहरी र पत्रकारले उनको खोजी गरे ।

उनी सुनाउँछन्–प्रहरी र पत्रकारले खोजिरहेको थाहा पाएपछि म डराएँ । मैले कुनै गल्ती गरेको छैन, तर किन मेरो खोजी ? मैले बच्चाको जीवन बचाएँ । आपतकालीन उद्धारका लागि खवर गरेर मानविय र भौतिक क्षति हुनबाट बचाएँ ।’

तर, उनलाई खोजी हुनको कारण चाँही अर्कै रहेछ । प्रहरी र पत्रकारले सबैतिर बुझेर उनले बच्चाको उद्धार गरेको पत्ता लगाएका रहेछन् । र, उनलाई धन्वाद दिन खोजी गरेका रहेछन् ।

पछिमात्र उनी ढुक्क भए । प्रहरीले उनलाई उच्च प्रशंशा गर्दै धन्यवाद दियो । र, पत्रकारहरुका प्रश्नबाट उनी घेरिए । उनले सुरुमै भने, ‘मेरो मातृभाषा अंग्रेजी होइन । त्यसैकारण मैले भन्ने पर्ने कुरा सबै भन्न सक्दिन गल्ती भएमा पछि सच्याउनु होला । तर मैले त त्यस्तो जोखिममा उद्धार गरेर मानव जीवन बचाएको हुँ ।’

उनललाई ‘हिरो’ को रुपमा प्रस्तुत गर्न खोजेपछि उनले भने –म नायक होइन, एक साधारण परिवारको सदस्य हुँ । म हिरो बन्छु भनेर उद्धार गरेको होइन । म भित्रको मानवताले मलाई दुःखमा उद्धारमा खटिन प्ररित ग¥यो । म खटें ।’

यामप्रसाद धितालका बारेमा अहिले अष्ट्रेलियाको मुख्य समाचार संस्थाहरुले नेपाली समुदायको नायक भनेर लेखेका छन् । र, उनलाई समाजिक सञ्जालहरुमा बधाई आउन थालेको छ ।

यामलाई अहिले पटक–पटक त्यो बच्चाको सम्झना आइरहन्छ । सिड्नीको व्यस्त सहरमा आ–आफ्नो दैनिकी सुरु भएको छ । तर, यामलाई भने तेज थापाको स्वास्थ्य स्थितिको चिन्ता छ र उनले उद्धार गरेको बच्चा कहाँ होला यो सप्ताहन्तसम्म भेट गर्न मन छ ।

तेज थापाले भने– धन्यवाद

अस्पतालको शैयावाटै तेज थापाले आफ्नो छोराको उद्धारक याम धिताललाई अनलाइनखबरमार्फत धन्यवाद दिएका छन् ।

पोखरा निवासी तेज थापा अष्ट्रेलियाको प्राइमस होटलमा काम गर्थे । यहि १२ तारिख सोमबारबाट उनको जागिर लेखा शाखामा सरुवा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment