Comments Add Comment

डा. सुरोज पोखरेल सचिवमा बढुवा

dr-suroj-pokhrel२६ मंसिर, काठमाडौं । सरकारले सहसचिव डा. सुरोज पोखरेललाई सचिवमा बढुवा गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले वन तथा कृषि समूहमा रिक्त सचिव पदमा पोखरेललाई बढुवा गर्ने निर्णय गरेको हो ।

सामान्य प्रशासन मन्त्रालयले बढुवाका लागि तीन जना सहसचिवको नाम सिफारिस गरेको थियो । जसमा पोखरेल, युवकध्वज जीसी र प्रकाश माथेमाको नाम थियो ।

सिफारिस भएकामा पोखरेल वरिष्ठ हुन् ।

सरकारले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment