+
+
Shares

नेपाल फेष्टिबलको धन्यवाद ज्ञापन सम्पन्न

हेरिदेवी र कन्दराले सिड्नीबासीलाई बोलाए पोखरा

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर २७ गते १९:२५

nepal-festival-thanksgiving

१२ डिसेम्बर, सिड्नी । गैरआवासीय नेपाली संघ न्यू साउथवेल्सले आइतबार राति नेपाल फेस्टिबलका आयोजक तथा सहभागीहरुका लागि धन्यवाद ज्ञापन कार्यक्रम आयोजना गरेको छ ।

आयोजक, स्वयंसेवक, पत्रकार, प्रायोजक तथा आमसञ्चार माध्यमका प्रतिनिधिहरुका लागि आयोजित धन्यवाद ज्ञापन कार्यक्रममा सम्मानपत्रहरु पनि प्रदान गरिएको थियो ।

पितृशोकका कारण नेपाल फेस्टिबलमा सहभागी हुन नपाएका गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले सहभागी सबैलाई सम्बोधन गर्दै भने, ‘हामी सबैको सामूहिक खटाइको परिणाम स्वरुप कार्यक्रम सफल भएको हो ।’

उनले पहिलोपटक परराष्ट्रमन्त्रीस्तरबाट नेपाल फेस्टिबलमा सहभागीताका लागि नेपाल सरकारलाई धन्यवाद दिए ।

नेपाल फेस्टिबल गत नोभेम्बर २६ मा सिड्नीको डार्लिङ हार्वरमा भएको थियो । जसमा दिनभर गरेर झण्डै चालीस हजार मानिस सहभागी भएको आयोजकहरुले अनुमान गरेका छन् । यसपटक सयौं बालबालिकाहरु पनि आ-आफ्नो कला प्रतिभा प्रदर्शन गर्न नेपाल फेस्टिभलको स्टेजमा उपस्थित भएका थिए ।

आयोजक राज्य न्यूसाउथ वेल्सका संयोजक दिवेश पोखरेलले कार्यक्रम सफल बनाउने सबैप्रति हार्दिक कृतज्ञता व्यक्त गरे । उनले भने, ‘मसँग अहिले धन्यवादका लागि उपयुक्त अर्को शब्द नै छैन । यदि सबैको ६ महिना अघिदेखिको प्रत्यक्ष मेहनत नभएको भए यो मेघाइभेन्ट सम्भव थिएन ।’

उनले नेपाली दूतावास क्यानबेरा, महावाणिज्यदूतावासहरु, नेपाल पर्यटन बोर्डका प्रतिनिधिहरु, प्रयोजक, स्वयंसेवक, आमसञ्चार माध्यमहरु, कलाकार र नेपाल हाउस निर्माण गर्ने नारी निकुञ्जलाई धन्यवाद दिए ।

गैरआवासीय नेपाली संघ न्यूसाउथ वेल्सका सचिव भुपाल सिटौलाले सञ्चालन गरेको कार्यक्रममा आगन्तुकहरु सबैलाई न्यूुसाउथ वेल्सका उपाध्यक्ष प्रकाश खरेलले रात्रीभोजमा स्वागत गरेका थिए ।

कार्यक्रममा नेपालकी चर्चित गायीका हरिदेवी कोइरालाले ‘पंक्षीमा डाँफे राम्रो’ र कन्दरा ब्याण्डका लिडर विवेक श्रेष्ठले महाकाली मेची हो भन्छन् नेपाल म भन्छु मानचित्र’ बोलका गीत गाएर सिड्नीबासीहरुलाई फेवातालको नगर पोखरा आउन निम्तो पनि दिए ।

राष्ट्रिय सूचना आयोगका आयुक्त किरण पोखरेल र प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल सम्मानपत्र वितरणमा सहभागी भए ।

नेपाल फेष्टिभलमा झण्डै एक लाख ५० हजार खर्च भएको बताइयो भने समग्र कार्यक्रम आर्थिक रुपमा फाइदामा रहेको आयोजकहरुको प्रतिक्रिया थियो ।

नेपाल फेष्टिबलकै क्रममा सुरु गरिएको कल्याणकारी कोषमा सहयोग अभियानमा २१ हजार डलर रकम संकलन भएको उक्त अभियानको नेतृत्व गरेका छवि सापकोटाले अनलाइनखबरलाई जानकारी दिए ।

हरेक दुई वर्षमा आयोजना हुने नेपाल फेष्टिबल कार्यक्रम प्रत्येक निर्वाचित कार्यसमितिका लागि आफ्नो टीमको व्यवस्थापन क्षमता देखाउने अवसर हो भने अष्ट्रेलियामा भएका सबै नेपालीका लागि गौरवको पर्व हुने गरेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?