Comments Add Comment

अष्ट्रेलियामा नेपालीको पहिलो संस्थाले पायो नयाँ नेतृत्व

churamani-belbase१२ डिसेम्बर, सिड्नी । यसै बर्ष आफ्नो चालिसौं स्थापना दिवस मनाएको अष्ट्रेलियाको सवैभन्दा पुरानो नेपाली संस्था-‘नेप्लिज अष्ट्रेलियन एसोसिएसन’को आइतबार सिड्नीमा साधारणसभा सम्पन्न भएको छ ।

साधारणसभाले चुरामणि बेलबासेको अध्यक्षतामा ३३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा निशारानी राजभण्डारी, महासचिवमा डा. मधुसुदन पुडासैनी, सचिवमा ऋषि आचार्य र कोषाध्यक्षमा नारायण खनाल चुनिएका छन् ।

अष्ट्रेलिया बसाइ सर्ने पहिलो पुस्ताका नेपालीहरु- इन्द्रा वन, नारायण प्रधान लगायतको सक्रियतामा निर्माण भएको सो संस्थाले गत जुनमा ४० बर्ष पुरा गरेको अबसरमा भब्य समारोह आयोजना गरेको थियो । सो समारोहमा नेपाल गई सेवा गर्ने अष्ट्रेलियनहरुको पनि उलेख्य उपस्थिति थियो ।

हाल अष्ट्रेलियामा नेपाल, भारत र भुटानबाट आएका नेपाली मूलका हजारौं मानिस बसोबास गर्छन ।

नेप्लिज अष्ट्रेलियन एसोसिएसनका नवनिर्वाचित अध्यक्ष बेलवासेले अनलाइनखवरलाई दिएको जानकारीअनुसार यो संस्थाले ‘एक परिवार, एक बच्चा’ कार्यक्रम प्राथमिकताका साथ अगाडी बढाउने छ ।

यो संस्थाले हिमालयन फाउण्डेसनमार्फत् नेपालमा निम्न आय भएका बच्चाहरुलाई दश कक्षासम्म अध्ययन गर्न सहयोग गरिरहेकेा छ ।

साथै नेप्लिज अष्ट्रेलियन एसोसिएसनले ‘चिल्ड्रेन ट्यालेन्ट नाइट’ कार्यक्रम पनि सञ्चालन गर्दछ । यसअन्र्तगत अष्ट्रेलियामा भएका नेपाली बालबालिकालाई नेपाली कला, संस्कृति र गीतसँगीतमा आर्कषिर्त गर्न बिभिन्न गतिबिधि आयोगना गर्ने गरिन्छ । यो कार्यक्रमको लक्ष्य नेपाली युवा र बालबालिकालाई अष्ट्रेलियन कार्यक्रममा पनि सहभागी गराउनु रहेको अध्यक्ष बेलबासेले बताउनुभयो ।

यो संस्थाले डेढ बर्ष पहिले नेपालमा गएको महाभूकम्पका बेला ३० हजार डलर सहयोगसमेत गरेको थियो भने पुनःनिर्माणमा पनि निरन्तर सहयोग गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो ।

अष्ट्रेलिया सरकार र स्थानीय संरचनाहरुसँग मिलेर नेपाल र नेपालीको हितमा काम गर्ने योजना रहेको बेलबासेले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment