Comments Add Comment

लोकसेवाले एकैपटक माग्यो ५०४ अधिकृत

loksewa-aayog-psc
२९ मंसिर, काठमाडौं । लोक सेवा आयोगले एकैपटक ५ सय ४ शाखा अधिकृतका लागि दरखास्त आह्वान गरेको छ । ब्यवस्थापिका संसद, न्याय, प्रशासन, लेखा, लेखापरीक्षण, परराष्ट्र लगायतका सेवा र समूहहरूका लागि यत्तिको संख्यामा अधिकृत माग गरिएको हो ।

यो पदमा आवदेन दिनेहरुका लागि माघ ४ गतेसम्म समय दिइएको छ । खुलातर्फ २७४, महिला ७३, आदिबासी/जनजातितर्फ ६६, मधेसी ५१, दलिततर्फ १९, अपाङ्ग १० तथा पिछडिएको क्षेत्रतर्फबाट ११ जनका लागि आवेदन मागिएको हो ।

आवेदन गर्दा आवश्यक कागजातका साथमा एक हजार रुपैयाँ शुल्क लाग्नेछ ।

विज्ञापन हेर्नुस्

psc-officer

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment