Comments Add Comment

एमाले अध्यक्ष ओली र विजुक्छेबीच भेटवार्ता

२९ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेबीच भेटघाट भएको छ ।

Kp-Oli-and-Narayanmanविजुक्छेलाई भेट्न एमाले अध्यक्षओली संसदिय दलका उपनेता सुवास नेम्वाङ र केन्द्रीय सदस्य अग्नी खरेललाई लिएर भक्तपुर पुगेका थिए । भेटमा संविधान संसोधन र स्थानीय निकायको निर्वाचन सम्बन्धमा छलफल भएको छ ।

सरकारले ल्याएको संविधान संशोधन देशको हितमा नभएको भन्दै नेता नेम्वाङले यो फिर्ता नलिएसम्म आन्दोलन कायमै राख्ने र स्थानिय निकायको निर्वाचनको लागि सरकारलाई दबाव दिने सहमति भएको बताए ।

नेमकिपा अध्यक्ष बिजुक्छेले संसदमा दर्ता भएको संशोधन प्रस्ताव नेपाली राजनीतिक दलहरुको चाहाना बिपरित रहेको बताए । सरकारले संशोधन प्रस्तावबाट ध्यान मोड्नकै लागि निर्वाचनको बिषय उठाइरहेको भन्दै ललिपपमा नअल्झिन एमाले नेताहरुलाई आफूले सल्लाह दिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment