Comments Add Comment

प्रधानमन्त्रीले गरे चन्द्रागिरि केबलकारको उद्घाटन (फोटो फिचरसहित)

chandragiri-cable-car-9

३० मंसिर काठमाडौं । भव्य समारोहका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चन्द्रागिरि केबलकारको उद्घाटन गरेका छन् ।

काठमाडौं फनपार्क प्राइभेट लिमिटेडले थानकोटको गोदामचौरदेखि चन्द्रागिरिसम्म पुग्ने केबल कारको निर्माण केही महिना अगाबै सकेको भएपनि बिहीबारबाट मात्रै यसको औपचारिक रुपमा व्यवसाय सुरु भएको हो ।

उद्घाटन कार्यक्रममा प्रधानमन्त्री दाहालले चन्द्रागिरि केबल कार समयमै निर्माण भएको भन्दै प्रशंसा गरे । उनले भने, ‘समयमै निर्माण भएको यो केबल कार निजी क्षेत्रका लागि प्रेरणादायी भएको छ भने सरकार र कर्मचारीतन्त्रको लागि चुनौति बनेका छ ।’

उनले काठमाडौं फनपार्क प्राइभेट लिमिटेडलाई केबलकार सञ्चालनको क्रममा पर्यावरणीय तथा वातावरणीय संरक्षणलाई पनि ध्यान दिन आग्रह गरेका छन् ।

chandragiri-cable-car-7

सञ्चालक चन्द्र ढकालले चन्द्रागिरि केबलकारका कारण नेपाल आउने पर्यटकको यहाँ बस्ने समय १ दिने थपिने दाबी गरेका छन् । उनका अनुसार सञ्चालनमा आएपछि यसले २ लाख ५० हजार मानिसहरुलाई सेवा दिइसकेको छ । साथै यसले राज्यलाई ६० लाख भन्दा बढि राजस्व समेत तिरको छ ।

भूकम्प र नाकाबन्दीको कारण चन्द्रागिरिको निर्माण केहि प्रभावित भएको थियो । तर लामो समय निर्माण कार्य रोकिएन ।

सञ्चालक अम्बीका प्रसाद पौडेलका अनुसार २०६६ सालमा चन्द्रागिरीमा केबलकार लैजाने योजनासहित काठमाडौं फनपार्क प्राइभेट लिमिटेडको गठन भएको थियो । तर, ५ वर्ष सरकारबाट अनुमति लिनै लाग्यो । पौडेलले भने ‘काठमाडौंबासीका लागि अहिले थकान भुलाउने कुनै ठाउँ नै छैन, थकान भुलाई मनोरञ्जन दिन सकियोस् भनेर हामीले चन्द्रागिरिमा केबल कार लैजाने योजना बनाएका थियौं । ‘

चन्द्रागिरिबाट सगरमाथादेखि तराईको भू-भागसम्म दृश्यावलोकन गर्न सकिन्छ । साथै चन्द्रागिरिमा रहेको भालेश्वर महादेवको मन्दिरका कारण यो धार्मिक क्षेत्रको रुपमा समेत विकास हुँदै गएको छ ।

chandragiri-cable-car-4

गोदामचौरबाट चन्द्रागिरिसम्म पुग्न सार्वननिक सवारी साधनमा झन्डै एक घन्टा लाग्थ्यो । तर, अब केबलकार चढेर मात्र ९ मिनेटमै पुगिन्छ ।

चन्द्रागिरि समुन्द्री सतहबाट २५ सय ४० मिटर उचाइमा छ, जसले गर्दा यहाँबाट मौसम राम्रो भएको समयमा हिमालहरु देख्न सकिन्छ । साथै हिमाल नै दृश्यावलोकन गराउने उद्देश्यका साथ कम्पनीले चन्द्रागिरिमा ‘भ्यू टावर’ समेत निर्माण भएको छ ।

chandragiri-cable-car-1 chandragiri-cable-car-2 chandragiri-cable-car-3 chandragiri-cable-car-5 chandragiri-cable-car-6 chandragiri-cable-car-8 chandragiri-cable-car-10 chandragiri-cable-car-11

तस्वीरः श्रीधर पौडेल 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment