+
+

आन्दोलनकारीसँग गुल्मीका प्रजिअले माफी मागे

अनिल खत्री अनिल खत्री
२०७३ पुष २ गते १७:२८

gulmi-sarbadilaya-meet२ पुस, गुल्मी । गुल्मीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुंगानाले माफी मागेका छन् । प्रहरी प्रशासनबाट प्रहरी र बन्दकर्ताबीच झडप प्रति दुख व्यक्त गर्दै प्रहरी र प्रशासनबाट कमजोर स्वीकार गर्दै माफी मागेका हुन् ।

शनिवार संसद कमला बिश्वकर्मासहित संयुक्त संघर्ष समिति, विभिन्न राजनीतिक दलका प्रमुखहरु लगायतको उपस्थितिमा बसेको बैठकमा प्रजिअ ढुंगानाले आगामी दिनमा यस्ता घटना नदोहोरिने बताए ।

शुक्रबार गुल्मीको सदरमुकाम तम्घासमा जिल्ला प्रशासनमा ताला लगाउन खोज्दा आन्दोलनकारी र प्रहरीबीच झडप भएको थियो । प्रहरीले लाठीचार्ज गर्नुका साथै अश्रुग्यास हानेको थियो ।

संयुक्त संघर्ष समितिले घटनामा प्रमुख जिल्ला अधिकारी ढुंगाना दोषी भएको भन्दै माफी माग्नु पर्ने माग राखेको थियो । प्रजिअले माफी नमागेका अन्य विषयमा छलफलन नहुने उसको अडान थियो ।

प्रजिअ ढुंगानाले घटनाको छानविन गर्ने बताए । साथे उनले आन्दोलनरत पक्षलाई शान्तिपूर्ण आन्दोलन गर्न आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?